December 28

हावा गफ!

ग्लोबल वार्मिगं र मान्छे मान्छे बिच को सम्बन्ध मा केहि  सम्बन्ध त पक्कै छ जस्तो लाग्न थालेको छ यार आजभोली। लौन कोहि रिसर्च गर्न इच्छुक हुनु हुनुहुन्छ भने गरिदिनुस मानव कल्याण को काम हुने थियो। मेरो खुबिले भ्याउदैन नत्र म आफै गर्ने थिय। जति जति यो ग्लोवल वार्मिगं बढ्दै छ याँहा सम्बन्धहरु झन् चिसा चिसा हुँदै छन्।

केहि समय यता मैले नजिक बाट देखेका केहि सम्बन्धहरु को तापक्रम नाप्नुपर्ने भयो र मैले नापे। ति सम्बन्ध को तापक्रम मैले सोचे भन्दा धेरै डरलाग्दो अवस्थामा पाँए। संसार सामाजिक सँजालमा सम्बन्ध बिस्तार गर्न तछाड मछाड गरिरहेछ तर वास्तविक जिवनमा सम्बन्धहरु फ्रिज हुने अवस्थामा छन् र कसैलाइ वास्ता छैन्। तपाइको दिमागमा अरु कसैको  कुनै त्यस्तै सम्बन्ध को तस्बिर सम्झनु भयो होला! तर तपाइ आफ्ना सम्बन्धहरुको डिग्रि नाप्नुस त कति रैछ तापक्रम? याँह सम्बन्ध भनेर मैले कुनै एक खाले सम्बन्ध भन्न खोजेको होइन।

कति चिसा छन् है सम्बन्धहरु? किन होला?

कसै सगँ धेरै आशा गरेर हो कि!

केहि स्वार्थ लुकेका पो छन् कि सम्बन्ध भित्र!

सम्बन्धलाइ समय नपुगेको हो कि!

अरु कुनै कारण छ कि!

नेपालीमा एउटा उखान छ नि। “छोराछोरी आफ्ना राम्रा अनि स्वास्नि चाँहि अर्काको राम्रि रे”। अनि अर्को पनि छ “बाउ आमा को मन छोराछोरि माथि छोराछोरि को मन ढुगां मुढा माथि”।

मेरो बिचारमा कुनै पनि सम्बन्ध बोझ वा भार हुनु हुदैन्। चाहे त्यो बाबुआमा संगको सम्बन्ध होस या पति पत्नि वा गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड वा अरु कुनै। स्वतन्त्र जिवन को अंकुश सम्बन्ध हुनु हुदैन। बेला बेलामा तापक्रम नापिरहनुस चिसो हुन लागेको भए संगै कफि खाएर हुन्छ कि रम खाएर हुन्छ चिसो हुन नदिनुस। निस्वार्थ सम्बन्धहरु धेरै कम हुन्छन् त्यसैले तिनलाइ फ्रिज हुनबाट जोगाउनुस।

के के न human psychology and relation  जान्ने जसरि लेख्न खोजेको लेखे जति पढेको त केहि न काम को हावा लेखिएछ जस्तो लाग्यो र यो भन्दा बढि आदर्श को गफ नदे भन्यो मनले। बल्गमा पोस्ट पनि नगर भन्यो मनले तर यो मनले भनेका सबै कुरा मान्न पनि हुन्न अरे त्यसैले यता राखियो।

जाडो छ है बाहिर ? ल ल चिया,कफि, रम, भोड्का के के छ!  पिउनुस रमाइलो गर्नुस। Happy New  Year 2017! तपाँइ सबैको जय होस।

November 26

धन्यवाद! फ्रम बटम अफ माइ हार्ट!!

के लेख्नु? कति लेख्नु? कसरी लेख्नु? कसका लागि लेख्नु? सचिन ले लेख्यो लेखेन, के लेख्यो। हु केयर्स ?

जब लेख्न बस्छु यस्तै कुरा थुप्रिन्छन् यो  घनटाउके खप्परमा तर मन ले भन्छ सोच्ने हरुलाइ सोच्न दे यार….तँ लेख न।

र मैले लेख्न थाले….

धन्यवाद!!

सबैलाइ। सबैको नाम लेख्न लागे भने लिस्ट लामो हुने भयो त्यसैले लेखिन। तपाँइलाइ विषेश धन्यवाद। किन….? किन भन्दा तपाँइ मलाइ विश्वास गर्नुहुन्छ । यो मुला ले के लेखेछ भनेर हेर्नु भयो। नत्र टाइम इज मनि को मन्त्र जप्ने यो जमानामा यस्ता नन्सेन्स बल्ग पढ्ने फुर्सद कसलाइ छ यार। कुरा नघुमाइ भन्नु पर्दा ज्यान अहिले अष्ट्रेलिया मा छ, सिड्नीमा। बिमिरापानि देखि याँहा सम्म को यो यात्रा मा सहयोग गर्ने सबैलाइ धन्यवाद! फ्रम बटम अफ माइ हार्ट!

म मान्छे स्वार्थी रहेछु। म भित्र एउटा लेभल को स्वार्थीपन छ। यो कुरा म अहिले बुझ्दै छु। तिनै स्वार्थ ले गर्दानै म अहिले याहाँ छु। भोलि जाँहा हुनेछु त्यसको पनि कारण यहि स्वार्थनै हो।मेरो स्वार्थका लागि अरु कसैको हानि/कुभलो नहोस भन्ने मेरो चाहना हो तर पनि नजानेरै मेरो कारणले कसैलाइ हानि गरेको भए माफ गर्नुहोला।फ्रम बटम अफ माइ हार्ट!

बाँकी गफ अर्को लेखमा गरौला। तपाँइ सबैको जय होस!!

 

 

 

 

 

 

 

Category: General | LEAVE A COMMENT
October 3

बिम्ब! (उस्ले नपढ्ने कविता)

घामले सवेरै झ्यालवाट चिहाएर

सोधेको थियो एउटा सुनौलो प्रश्न

म कि उ?

मैले तिमिलाइ देखाँए।

हो त्यहि दिन देखि हो

घामले मेरो छाँया कालो बनाएको।

 

फूलले मुस्कुराउदै सोधेको थियो एउटा सुगन्धीत प्रश्न

म कि उ?

मैले भने : उसकै मुस्कान राम्रो!

त्यहि दिन देखि उम्रेका हुन फूलको हागाँमा काँडा

र देखिन थालेको हो बिहान बिहान फूल मा शीतका आँशु!

 

बतासले सुसेल्दै सोधेको थियो मलाइ

म कि उ?

मैले तिम्रो नाम सुसेलिदिए!

त्यहि रात हो हुरिले मेरो घरको छानो उडाएको।

 

जाँउ सँगै दुनिया घुमौला बादलले भन्थ्यो

मैले उसलाइ एक्लै छाडेर जान्न भनें।

त्यसै दिन देखि हो

छोप्न थालेको कालो बादलले आकाश

र पर्न थालेकोहो मुसलधारे पानी।

 

जाँउ सगैँ  भेटाइदिन्छु समुन्द्र

नदि ले भन्थ्यो।

म तिमिलाइ छोडेर बग्दिन भने।

त्यसै दिन देखि हो

पानि ले आफ्नो रगँ लुकाएको।

 

मैले सागर देखेको छैन

तर भन्न सक्छु

तिम्रा आँखाको गहिराइ

सायदै कुनै सागरमा होला।

वर्षौको तपस्या पछि मिल्ने वरदान

तिम्रा सामिप्यतामा हुने आभास हो

तिमि आफैमा एउटा सुन्दर फूल हौ।

तिमि बिम्ब हौ पुरै प्रकृतिको!

August 5

बेपत्ता मुस्कानहरु

हिजो बेलुका कामबाट घर फर्कंदै थिएँ। चोकमा मान्छेको भीड रहेछ। हेर्दै हिँड्दै थिएँ। एक जना बुढी आमाले लिएको प्ले कार्डमा आँखा ठोक्किए।

मेरो पाइला रोकिए। ती बुढी आमाको नजिकै गएँ र प्ले कार्डमा  मुस्कुराइरहेको ब्ल्याक एन्ड ह्वाइट फोटो हेरेँ। त्यो मुस्कान  विजयको थियो।

म पाँच कक्षा पढ्दाको कुरा। मैले पढ्दै गरेको स्कुल बन्द भयो। घरमा आमालाई सोध्दा ‘माओवादीले बन्द गराका हुन् तेरो स्कुल।  माओवादीले भनेजति चन्दा दिन सकेनन् बन्द अर्दिए’ भन्नुहुन्थ्यो। स्कुल बन्द भएपछि सर,मिसहरु कता जानुभयो थाहा भएन ।

म  ६ क्लास पढ्न सरकारी स्कुल जानुपर्ने भो। खुसीको कुरा के थियो भने सरकारी स्कुलमा मैले र मेरो कक्षाबाट आएका सबैले सिधै ७ कक्षामा भर्ना पायौँ । डम्बरबाहेक, उसकी बहिनी पनि सात कक्षामै पढ्ने रहिछ। त्यसैले ऊ  ७ कक्षामा पढ्न मानेन र  सिधै ८ मा भर्ना भयो।

एक दिन खाजा खाने छुट्टी सकिसकेको थियो। पालेदाइले पाँचौ पिरिएडको घण्टी पनि बजाइसक्नु भा’थ्यो तर, टिकाराम सर आउनुभएन। केही बेरपछि एक जना नयाँ मान्छे कक्षामा आयो। उसले दाह्री पालेको थियो। एउटा पुरानो झोला बोकेको थियो। ऊ कक्षामा छिरेपछि सबै जना उठे। तर, उसले बस पनि नभनी सबै जना अफिस कोठा अगाडि आउनुहोला भनेर  गयो।

अफिस अगाडि स्कुलभरिका विद्यार्थी जम्मा भएका थिए। दस कक्षाका केटाहरु तन्कीतन्की हेर्दै थिए। खास खुस गर्दै भीडभरि एउटा कुरा फैलियो, ‘भित्र त दुई जना माओवादी छन्। विजय र अर्को एक जना।’

केही बेरपछि एउटा केटो ढोकामा देखापर्यो र भीडतिर हेर्दै मुसुक्क हाँस्यो। अघि चलेको हल्ला साँच्चै रहेछ। ढोकामा विजय थियो। गाढा नीलो रंगको क्याप, कालो ज्याकेट, पुरानो जिन्स प्यान्ट लगाएको थियो। उसले अफिस कोठाबाट हातमा तीन वटा फोटो लिएको थियो, फ्रेममा राखेका।

मलाई पहिलो पटक मेरो कक्षाको साथी अर्जुनले चिनाएको थियो। ऊ त्यही हो दस कक्षाको फस्ट ब्वाई विजय दाइ, क्या जान्ने हुनुहुन्छ पढाइमा, हाम्रो घर नजिकै हो म नजानेको होमवर्क विजय दाइलाई नै सोध्छु भनेर।

सधैं हाँसी राख्ने। सधैं फस्ट हुने र पढ्न जान्ने भएकाले सरहरु सबैले मन पराउने। सबै सरहरुले कक्षामा विजयजस्तो हुनुपर्छ भन्दै उदाहरण दिनुहुन्थ्यो।

बर्खे बिदा सकिएर स्कुल सुरु भएको एक हप्ता मात्र भएको थियो। आइतबारको दिन थियो। म स्कुल पुग्नेवित्तिकै अर्जुनले मलाई सुनायो- विजय दाइ त माओवादी हुनु भयो! हिजो राति उनीहरुसँगै जानुभयो। अरु कसैले भनेको भए म पत्याउँदैनथें होला तर अर्जुन त विजयको छिमेकी पनि थियो। पत्याउन कर लाग्यो।

पछि स्कुलभरि कुरा फैलियो। विजयका बा थिएनन्। मध्यरातमा आमाको सिरानीमा चिठी छाडेर ऊ बहिनीले पनि थाहा नपाउने गरी माओवादीसँग गयो। विजय माओवादी भयो। उसको बहिनीले चिठी पढेर सुनाउँदा उसकी आमा रोएको अर्जुनको घरसम्म सुनिएको थियो रे। तर, कसैलाई थाहा भएन उसले चिठीमा के लेखेको थियो? किन त्यसपछि विजयकी बहिनी स्कुल आउन छोडी? कसले बनायो विजयलाई माओवादी? किन बन्यो विजय माओवादी?

विजयले हातमा लिएका फोटोलाई पालैपालो फुटायो र विस्तारै सिसा पन्छाउँदै फोटो झिक्यो र भलिबल कोर्टतिर गयो। सबैजना उसैलाई पछ्याउँदै गए। उसले सबै जनालाई फोटो देखायो र छेउमा उभिएका पालेदाइसँग सलाई मागेर पालैपालो राजा महेन्द्र, वीरेन्द्र र रानी एेश्वर्या को फोटो जलायो। ऊ सँगै आएको मान्छेले ताली बजाउँदै ,राजतन्त्र मुर्दावाद भन्यो।  सँगसँगै सबैले मुर्दावाद…मुर्दावाद… भन्दै ताली बजाए।

ताली बज्दै थियो रानीको फोटो बल्दै थियो। दाह्रीवाला मान्छेले विजयलाई देखाउँदै कमरेडले केही कुरा राख्नुहुन्छ भन्यो। विजय थोरै अगाडि सर्यो र तीन मिनेटजति बुर्जुवा, सामन्ती, शासक, क्रान्ति, जनयुद्धजस्ता शब्द मिसाएर भाषण गर्यो र अन्तिममा सबै जनालाई कक्षामा गएर संस्कृत किताब ल्याउन भन्यो। अघि डराइडराइ आएका विद्यार्थी अहिले दौडेर कक्षामा गएँ। म पनि कक्षामा गएर झोलामा हेरेको मैले संस्कृतको किताब ल्याउन बिर्सेको रहेंछु। आज धन्न विजय आयो र गुरुको पिटाइ खानबाट जोगिएँ भन्ने लाग्यो।

भलिबल कोर्टमा किताबको थुप्रो बनिसकेको थियो। विजयले त्यसमा आगो लगाएपछि फेरि एकपटक तालीको वर्षात् भयो। कसैले भिडबाट सिठी पनि बजायो र केहीबेर माओवादी जिन्दावाद……..राजतन्त्र मुर्दावादको नारा घन्कियो। सरहरु सबै अफिस कोठाको झ्यालबाट यो सब हेरिरहनु भएको थियो।

स्कुलमा किताब जलाएको दुई दिनपछि हराएको कपी खज्दै गर्दा मैले संस्कृत किताब देखें । एकैछिन त के गर्ने गर्ने भयो। केही बेरपछि किताबको गातामा भएको सरस्वतीको फोटोलाई कैंचीले मिलाएर काटेँ। किताबको बीचमा राखेको मयुरको प्वाँख पनि झिकेर अंग्रेजी किताबमा सारेँ। लुकेर भान्छा कोठामा हेरें। चुल्होमा भात पाक्दै थियो। आमा तरकारी काट्दै हुनुहुन्थ्यो। नजिकै गएर बसें। आमाले नदेख्ने गरेर सलाई खल्तीमा हाले र घर पछाडि गएर संस्कृत किताबलाई ॐ स्वाहा पारेँ।

त्यतिबेला म आठ कक्षामा पढ्थे। माघको महिना हुनुपर्छ, म कक्षामा बसेर आँखाले बाहिरको घाम ताप्दै थिएँ। बलराम सरले सामाजिक विषयमा विश्वयुद्ध हुनुका कारण पढाउँदै हुनुहुन्थ्यो। दस जनाजति सेना स्कुलको गेटबाट छिरे। अन्तिमका दुई जना गेटमै उभिए। दुई जना अफिसकोठा मा छिरे बाँकी बाहिरै बसे।

एक छिनपछि हेडसरलाई लिएर सेना हाम्रै कक्षा कोठातिर आए। हेडसरले उहाँ नै हो बलराम त्रिपाठी सर भनेर सेनालाई देखाइ दिनुभयो। सेनाले बलराम सरलाई समातेर बाहिर निकाले। हामी सबै पछिपछि निस्कियौं। अरु कक्षाका सर र विद्यार्थी पनि बाहिर निस्के र चुपचाप हेरिरहे। गेटनिर पुर्याएपछि सेनाले कालो कपडाको सानो बोराले बलराम सरको टाउको छोपे र हात पछाडि लगेर हत्तकडी लगाए। आफैसँग लिएर गए।

स्कुल छुट्टी भयो। घर फर्कने बेला मेरो मनमा धेरै प्रश्नहरु थिए। बलराम सरलाई  सेना ले किन लग्यो? के बलराम सर साँच्चिकै माओवादी हो? हो भने माओवादीलाई सेनाले के गर्छ? बेलुका भात खाने बेलामा सबै कुरा आमालाई भनें र मनका सबै प्रश्न सोधें। ‘खै बाबु जमाना खराब छ, जसले जे गरे पनि भको छ,’ आमाले भन्नुभयो।

सामाजिक शिक्षा विषयको बलराम सरले पढाउन बाँकी हामी आफैले पढेर परीक्षा दियौँ। आठ कक्षाको जिल्लास्तरीय परीक्षाको रिजल्ट पनि आयो। म पास भएँ। तर, बलराम सरको कुनै खबर थिएन। हल्ला त मान्छेहरु अनेकथरी गर्थे तर यथार्थ कसैलाई थाहा थिएन।

म नौ कक्षा पढ्न पोखरा झरेँ। भाडाको कोठामा बसेर स्कुल पढ्न जान थालेँ। धेरैजसो शुक्रबार म घर आउँथे र दुई रात घरमा बसेर आइतबार बिहानै म स्कुल भेट्टाउन पुग्थें। बिहानै काफलघारीको ओरालो झरेर विजयपुर खोला तरेपछि महेन्द्रपुल पुग्ने बस पाइन्थ्यो। अरुबेला खासै समस्या नभए पनि बर्खाको बेला विजयपुर बढेर तर्न नसकिने हुन्थ्यो। खोलामा पुल थिएन। खोला तारिदिने मान्छे कुरेर बस्नु पर्थ्यो।

एउटा आइतबार बिहानै  काफलघारीको ओरालो झर्दै थिएँ। कसैले पछाडिबाट बोलायो।

ए भाइ एकैछिन पर्ख त!

पछाडि दुई जना मान्छे थिए। नजिकै आएपछि एक जनालाई मैले चिनिहालेँ। त्यो विजय थियो। अर्को मान्छेलाई भने मैले चिन्न सकिनँ। विजयले झोला बोकेको थियो। दुबै जनाका जुत्ता र कपडा पुराना थिए। अर्को मान्छे हिँड्न अप्ठ्यारो भएझैं विजयको पछिपछि हिँड्दै थियो।

विजयले सोध्यो, ‘कहाँ जान लाग्यौ भाइ यति बिहानै?’

मैले भनें, ‘ स्कुल जान लागेको दाइ।’

‘हामी पनि त्यतै जान लागेको, सँगै जाउँ न त हुन्न?,’ विजयले भन्यो।

मैले  ‘हुन्छ’ भनें।

‘भाइको नाम के हो ?,’ विजयले सोध्यो।

‘सचिन,’ मैले भनें।

मनमा कता-कता डर त लागेको थियो तर मैले पनि  सोधें, ‘तपाईं विजय दाइ होइन र?’

उसले हाँस्दै  ‘हो, कसरी चिन्यौ?’ भनेर सोध्यो।

‘म पनि तपाईं पढेकै स्कुलमा पढेको हो नि! यो सालबाट हो चेन्ज गरेको। तपाईंले स्कुलमा किताब जलाउँदा म त्यहीँ थिएँ,’ मैले भनें।

‘ए हो’ भन्दै ऊ मुस्कुरायो।

सँगैको अर्को मान्छे अघिदेखि नै  चुपचाप हाम्रो पछिपछि खुट्टा खोच्याउँदै हिँड्दै थियो। तल चौतारीमा पुगेपछि विजयले एकैछिन बसौं भाइ भन्यो। हामी तिनैजना चौतारीमा बस्यौं। उसले स्कुल र सरहरुको बारे सोध्यो। मैले थाहा भएजति सबै कुरा भनें। बलराम सरको कुरा पनि भनें। बलराम सरको कुरा सुनेपछि उसले भन्यो, ‘मारे साले कुकुरहरुले सरलाई। ब्यारेकभित्रै यातना दिएर मारे भन्ने खबर छ पार्टीमा। लाश पनि दिएनन् कुकुरहरुले।’

यसो भन्दा ऊ एकनाशले तल विजयपुरको खोला हेरिरहेको थियो। केहीबेर मौनता छायो। मौनतालाई तोड्दै विजयले अर्को मान्छेतिर हेरेर अब जानुपर्छ कामरेड विस्तारै हिँड्नुस् भन्यो। अर्को मान्छेले लामो सास फेरेर उठ्यो र हिँड्न थाल्यो।

खोला बढेको थियो। म एक्लै तर्न सक्दिनथें। विजयले पाइन्ट खोलेर झोलामा राख्यो र जुत्ता खोलेर हातमा लियो। मैले पनि त्यसै गरें। विजयले उसको हात राम्रोसँग समाउन भन्यो। मैले समातें र हामीले खोला तर्यौं। विजय झोला र जुत्ता त्यहीँ छाडेर फेरि पारि गयो र अर्को मान्छेलाई बुइ बोकेर खोला तार्यो।

एकैछिन कुरेपछि बस आयो। सिट खाली थियनन्। हामी तिनैजना उभियौं। विजयले मेरो पनि भाडा तिरीदियो। मनमनै खुसी हुँदै थिएँ। एक्कासि मेरो खुसी डर बन्यो, जब बसको कन्डक्टरले ‘अगाडि चेकिङ छ। आ-आफ्नो झोला र सामान लिएर झर्नुस् हामी अगाडि हुन्छौं’ भन्यो। मेरो मनमा ढ्यांग्रो बज्न थाल्यो। दिमागले केही सोच्न सकेन। विजय बसबाट झरिसकेको थियो, म पनि झरें। अर्को मान्छे झर्न बाँकी नै थियो। म छिटोछिटो चेकिङतिर गएँ। झोला देखाएँ र बस चढेँ। एक-एक गर्दै बसमा अघिका सबैजना आए। आउन बाँकी विजय र अर्को मान्छेमात्रै थिए।

‘कोही आउन बाँकी छ भने भन्नुस् नत्र बस जान्छ,’ कन्डक्टरले भन्यो।

म केही बोल्न सकिनँ। पछाडि फर्किएर चेकिङतिर हेर्न पनि सकिनँ। जाम-जाम गुरुजी भनेको आवाज सुनें। बस हुइँकियो। बसमा गोपाल योन्जनको स्वर गुन्जियो, ‘देशले रगत मागे …।’

भीडको बीचमा ठूलो ब्यानर थियो। ब्यानरमा मैले चिन्ने तीन वटा अनुहार थिए। बलराम सर, विजय र अर्को मान्छे। ब्यानरको माथि लेखिएको थियो, ‘राज्यद्वारा बेपत्ता पारिएकाहरु।’

भीडबाट निस्केर फेरि तिनै बुढी आमानजिकै गएर सोधेँ, ‘तपाईंको छोरी खै त आमा?’

बुढीआमाले प्लेकार्ड पल्टाएर आफ्नी छोरीको ‘ब्ल्याक एन्ड ह्वाइट’ फोटो देखाइन्।

Category: story | LEAVE A COMMENT
July 18

झरी र देश #iamwithdrkc

तीन दिन को बिदा बोकेर घर गएको थिए। तिनै दिन झरि पर्यो। पानि परेकोले होला बिधुत अपराधिकरण ले आक्कल झुक्कल बाहेक बिजुलि पठाइरह्यो। भान्जा हरुले मोटु पत्लु माज्जाले हेरे हामिलाइ पनि देखाए। बाहिर बादल ले घर को धुरी छोएर दौडिदै थियो,घरी घरी कुहिरो ले घर लाइ घपल्लकै छोपथ्यो। मैले पिडिमा बसेर आमाले पोलिदिएका हरिया मकै र मोही खादै महात्मा गान्धी को आत्मकथा(The Story of My Experiments with Truth ) पढ्दै गर्दा जोडियो देश र जोडिदै जानुभयो डा. गोविन्द के.सी र महावीर पुन। सबैलाइ थाहा छ दुवै जना आ-आफनै तरिकाले यो देश का लागि लड्दै हुनुहुन्छ। मलाइ धेरै कुरा थाहा छैन तर महात्मा गान्धीले भने को कुरा मा विश्वास गर्ने हो भने There is no God higher than Truth. र मलाइ विश्वास छ गान्धी को बिचार, डा. गोविन्द के.सी र महावीर सर सबैको जित हुनेछ र जित हुनेछ हामि सबै नेपालीको। जय नेपाल! #iamwithdrkc #iamwithmahabirpun


Category: General | LEAVE A COMMENT
July 15

अन्योल

अन्योलमा छु म
छुट्याउन गाह्रो छ
सुरुवात हो कि अन्त्य हो यो
बिहानीको घामले सुरुवात भन्छ
साँझले पुरै विचार फेर्दिन्छ
घामलाई झुटो कसरी भँनु
न जून गलत छ यहाँ
बिहानि को कफीलाई विश्वाश गरु
कि बेलुकाको व्हिस्कीलाई
युद्ध भईरहेछ यहाँ
अन्त्य भनु तथ्य छैन
सुरुवात भन्ने आधार छैन
अरुलाई भए ढाटिदिन्थे
तर कसरी ढाँटु आफुले आँफैलाई
त्यसैले सोधे मैले
मन्दिरमा घन्टी बजाएर
एस ट्रएे मा धुँवा उडाएर
अनी भट्टीमा नशा निलेर
तर सबै बेकार
घन्टीको आवज भएर
चुरोटको धुँवा भएर
अनी रित्तो बोत्तल भएर
बिलिन भए ति उत्तर
तर तेर्सिएको छ प्रश्न
सधैंझै प्रश्नचिन्ह बोकेर
उत्तर को आशा मा….????

Category: poem | LEAVE A COMMENT
May 17

म – मजदुर, M – May !

समय : साँझ को 5: 45 May 15th 2016

घाम अस्तायो कि नाइँ मलाइ पनि थाहा छैन।भर्खरै हेवी रेन फल भाथ्यो। आकाश स्टिल क्लाउड ले छोपिराछ।बाहिर उज्यालो पनि छैन अध्याँरो पनि भैसक्या छैन। दिउसो उखर्मौलो गर्मि थियो। वेदर इज कुल नाँउ !

अब म- मजदुर बिषय प्रवेश गर्ने अनुमति माग्छु। सब्जेक्ट के त?

महँगी, गोबरमेन्ट(सरकार) र देश।

(अल्लि हेभी टपिक भयो, हलुका तरिका ले पढ्नुहोला! कन्टेन्ट हल्का छ!)

यु नो !आज भन्दा १४ दिन अघि सार्वजनिक बिदा थियो। के को बिदा? May 1st   रे!  मैले पनि May 2nd   मा  था,-पाको।

रैछ के भनेर बुझ्दा May 3rd  मा थाहा भयो – मजदुर डे। विश्वका मजदुर हरु एक हुने भनेर सरकार ले होलीडे देको र छ। म मजदुरले चाँही सरकार ले दे-को तेत्रो बिदा यसै खेर फालेछु। नर्मल बिदा जसरी।

May 4th मा पछुतो लाग्यो/ रिग्रेट फिल भयो ! वर्षमा एकपटक आउने,एक हुने दिन, एकपटक पनि थाहा भएन।

May 5th मा दिनभर सोचें मजदुर दिवस थाहा नहुने नी के-को, कस्तो मजदुर? सरी साहुजि भन्दै लेटर लेख साहुलाइ! आफैले आफैलाइ सजाय सुनाए!

मालिक हरु को को हुन् ? एड्रेस कता-कता हो खोज्दा खोज्दा May 6th बित्यो। 7th मा दिनभर साहुको मा जोतेकै हो बेलुका अर्को हप्ता नभइ नआउने फ्राइडे को नाममा TGIF  भनेर बसियो! त्यस पछि लेटर लेख्ने कुरा पनि कता हरायो कता!

May 8th 10 am तिर उठेझै लाग्छ। एकज्याक्ट टाइम थाहा भएन। उठेर पसल गँए सामान को भाउ सुन्दा अर्लि इन द मर्निगं आकाश मा स्टार देखे झै लाग्यो। ए –टु- जेड सबै कुरा एक्सपेन्सिभ। म – मजदुर को आउट अफ रिच।

फर्कने बेला WTF गोबरमेन्ट (सरकार) के गरिराछ! भनेर मन मनै भने झै लागेको थियो बाहिरै पो सुनिएछ। न्युजपेपर पढ्दै गरेका एकजना जेन्टलमेन ले बोलाएर लुक हिएर भन्दै हेडलाइन देखाए। कालो बजारी गर्ने लाइ (गोबरमेन्ट)सरकार द्वारा सजाय कम। ठिस कम्युनिष्ट हरुको गठबन्धन सरकार छ। सर्वहारा जनताको लागी यो भन्दा अर्को विशेष उपहार के नै हुन सक्छ र? त्यस पछि म- मजदुर मन मनै पनि चुप लागेर फर्किए।

9th May को साँझ पख दुइ चार कुरा नयाँ सिकिन्छ कि तैपनि भनेर म-मजदुरलाइ किताब पढ्न मन लाग्यो। बुक सपमा किताब को मुल्य ले पनि रिगांटा लाएझै फिल गरायो। तर पनि माता सरस्वती को अगाडी लक्ष्मी माता को तुलना हुन सक्दैन भन्ने सोचेर पुस्तक भित्राइयो र 13th May सम्म साहुको काम बाहेक  म-मजदुर अध्यन कार्य मै व्यस्त भँए।

14th May मा एक ठाँउमा निम्तो थियो। ठुला बडा, पढे लेखेका मान्छे को सँगत गरे केहि कुरा सिकिन्छ कि भन्ने लागेर म-मजदुर त्यतै तिर लागे।

खै म-मजदुरले  नबुझेको हो कि उनिहरु ले बुझाउन नसकेका हुन, हामिले सित्तैमा दिएको पिठो बाट उनिहरु पाउरोटी बनाएर हामिलाइ नै बेच्ने भन्छन। कुरा ठिक लागेनन्।

15th May बिहान बिहानै कसैले म- मजदुर को ढोका नक नक गर्यो। कस्ले? अफकोर्स घरबेटी बुढा ले!

बिल दिइस्यो ! अनि भनिस्यो भाडा बढेको छ रे! किन भनेर सोधेको। 10 प्रतिशत वार्षिक बढाउने नियम रे! अनि कति प्रतिशत ट्याक्स तिर्नु पर्ने नियम चाँहि?

हु केयर्स??

बिल को पछाडि हेर भनेर घरबेटी बा गइस्यो।

पछाडि:

भाडा मा चित्त नवुजे सहर्नु होला (फोटो)

IMG_20160516_204930_1463411101666

अनि म-मजदुर फेरी भुकम्पले भत्काएको आफ्नै प्यारो घरमा(खणडहरमा)फर्के!

अन्त्यमा, माथि उल्लेखित घटना तथा पात्रहरु सबै काल्पनीक हुन्।

यो देशमा बेरोजगारी, भ्रष्टचार, महँगी र कालो बजारी कुन चराको नाम हो कसैलाइ पनि थाहा छैन्।जनता सबै खुशि छन। भुकम्प यो देश मा आएकै होइन! त्यो त ९० साल मा आएपछि आउन्न भनेर गाको रे।

हामि त विर गोर्खालि पो त, सगरमाथा हाम्रै हो, बुद्ध यहिं जन्मेको रे बाँकि झिना मसिना कुरा हाम्लाइ वाल भो।

यति हुदा हुदै पनि कसैको लाइफ सँग यो म्याच भयो भने बिचरा अझै पनि देशमै बसेको रैछ बाहेक केहि भन्न सकिन्न!

तपाइँ सबैको जय होस!

Category: story | LEAVE A COMMENT
May 2

शहर आजभोली!

देउराली को चौतारीमा बसेर हेर्दा
जति झिलिमिली र सुन्दर देखीन्छनि आमा
त्यत्तिनै कूरुप र अन्धकार छ आमा यो शहर।

जमानामा कसैले भनेको थियो रे मन्दिरै मन्दिरको शहर भनेर
तर संधै उस्तै काहाँ हुँदो रहेछ र आमा।
हजारौं गजुर ठड्याएर
लाखौं घन्टी झुन्डयाएर
जती पुजा गरे पनि
अधर्मी र पापी छ आमा यो शहर।

टाढाबाट हेर्दा त कती सम्पन्न देखीनथ्योनि है आमा?
तर याहाँ आएपछी पो थाहा भो।
युगौं देखी भोको र नागों छ आमा यो शहर।

तपाइ मलाइ भन्नुहुनथ्यो नि सबै कुरा हुन्छ त्याहाँ भनेर।
तर सुकिला लुगा लगाएर
जति महगों शिक्षा पढे पनी
सभ्यता र संस्कार बिहीन छ आमा यो शहर।

चारैतिर चाक्ला बाटा
छिर्न जति सजिलो छ नी
निस्कन त्यत्तिनै गार्हो छ आमा
त्यसैले त निकास बिहीन भएर
दिनंहु भास्सीदै छ आमा यो शहर।

Category: poem | LEAVE A COMMENT
March 29

जा-गीर जिन्दगी

आज साँझ तिर एकजना पुरानो साथि भेटियो।हामि दुवै पोखरामै भएर पनि भेट कमै हुन्छ। सोध्यो ,के गर्दै छस् ? त्यहि कलेजमै छु यार! मैले भने।

प्रोफेसर भछस् है? उसले हाँस्दै भन्यो। म केहि बोलिन।

जा-गीर गर्न थालेको २ बर्ष पुग्यो। म एउटा कलेजमा काम गर्छु। कलेजमा काम भन्न नभ्याउदै धेरै ले सोध्छन् ,पढाउने हो?

होइन! म त्यो कलेजमा Wi-Fi को पासवर्ड चेन्ज गर्ने मान्छे हुँ।अनि फेसबुक पेज को एडमिन पनि ! मेरो काम सबै भन्दा सरल तरिकाले बुझाउने सायद यिनै कुरा होलान।

यो जा-गीर सुरु गर्दा म पढ्दै थिँय।मेरै उमेरका बिध्यार्थिहरु थिए, लास्ट सेमेष्टर का २-४ जना त मलाइ तिमि भनेर बोलाउथे। मलाइ के थियो र तिमि भने पनि तपाँइ भने पनि, म त  जागिर पाएर मख्ख जो थिए। IT को स्टुडेन्ट मलाइ हाइ स्पिड इन्टरनेट थियो, एउटा घुम्ने कुर्सि, टेबल र एउटा लेनोभो को ब्रानडेड डेस्कटप थियो। अनि महिना दिन पुग्ने बित्तिकै स्यालरी!

साथि बिजनेस गर्छ। बिजनेसम्यान हो।भर्खरै उत्तर को मित्रराष्ट्र  भ्रमण बाट फर्केको छ ! साथिले मैले गर्ने काम थाहा नभएर मलाइ प्रोफेसर भनेको भने होइन! थाहा भएर नै भनेको हो!

जा-गिर गरेको ६ महिना जति भएको थियो। खल्तिमा अलिकति दाम थियो।दशैंको बेला थियो। साथिहरु सँग घुम्न जाने प्लान रेडी थियो। लिभ एप्लिकेसन पनि रेडि बनाएर हाकिम सँग बिदा माग्न गएँ। हाकिमले पनि रेडिमेड जवाफ दिनु भयो! बिदा मिलेन। पहिलो पटक लाग्यो जागीर भनेको जा-गीर रहेछ।जानु र गिर्नु नै रहेछ!

बिहान आठ बजे मेरो ड्युटी सुरु हुन्छ। जागिर को पहिलो बर्ष र कलेज को अन्तिम दुइ सेमेष्टर मैले मेरो कलेजको लास्ट क्लास कहिले पढिन।जा-गीर मा पन्कचुअल जो हुनु थियो!,११ बजे तिर एकछिन हात मुख जोड्ने फुर्सद मिल्छ। साँझ ४ बजे छुट्टी हुन्छ। दैनिक ब्ल्याक टि का कम्तिमा ३ वटा र बढिमा ५ कप रित्याउछु। २ बर्ष भयो यहि रुटिन मा जिन्दगी चलेको!

दिनै भरी कमप्युटर को अगाडि बस्ने भएकाले आँखा कमजोर भए कि भन्ने डर ले एक पटक आँखा अस्पताल पनि पुगियो ! धन्न अहिले सम्म ठिकै रहेछन्। फर्किदा एउटा चश्मा पनि कीनेर ल्याएको हो तर लगाउने बानी नभएर होला धेरै जसो झोला मै हुन्छ।

साथिले ६ जना लाइ रोजगार दिएको छ। उसकोमा हेल्पर काम गर्नेको स्यालरी मेरो भन्दा धेरै छ। उसलाइ नाकाबन्दी ले सामान रोकिएको पिर छ।मलाइ तलब नबढेको।

मैले  जागिर र व्यापार को अलिकति भिन्नता मात्रै लेखेको हुँ। मैले आफुलाइ त्यो साथि सँग दाँज्न खोजेको होइन! दाँज्नु मुर्खता हो थाहा छ मलाइ! मलाइ म हुनुँ मै गर्व छ र साथिलाइ उ हुनुमै। हरेक मान्छे को आ-आफ्नै जिन्दगी छ र आ-आफ्नै कथा छन् ! साथिले झस्काइदियो, साथिको दायित्व पनि हो त्यो!  त्यसैले उ जोडियो यो कथा मा!

२ बर्ष भन्दा धेरै यो जा-गीर गर्दिन भन्ने सोच थियो तर सोच भन्दा बलियो समय रहेछ! हेर्दै जाँउ समयले कता डोर्याउछ।

यी २ वर्ष त्यति सस्तो मा खेर गएका पनि छैनन्।

मैले यहि जा-गीरमा धेरै कुरा सिक्ने अवसर पाएको छु। सिकेको छु। र अझै  धेरै सिक्ने छु।

म हाँस्न पनि नजान्ने मान्छे , तर मैले सबै जाना बाट तिरेरै नसकिने मुस्कान पाएको छु।सबै को नाम लेख्न मन लागेको थियो तर लिस्ट लामो बन्यो त्यसैले राखिन। तँपाइ सबै प्रति आभारी छु। खुसि छु।

सबैलाइ धन्यावाद! बिशेष धन्यवाद त्यो साथिलाइ ! उ सँग भेट नभएको भए सायद म झस्किने थियन होला मैले यो लेख्ने पनि थिएन होला!

तपाँइ सबैको जय होस!

 

March 24

अल्छीका चिप्लीएका कुरा!!

हो म चीप्लीएको हो! लडेको हो! गुल्टीएकै हो! नराम्रोसँग पछ्छारीएकै हो!

अरु कसैले धकेलेको पनि होइन। आफ्नै जुत्ता को तुना टेकेर, जुत्ता चिप्लीएर लडेको हो।

यसो भन्दा त जुत्तालाइ गाली गरेझै भयो! बिचरा थोत्रा जुत्तालाइ पनि दोष नदिउँ।

म आफै हिड्न नजानेर लडेको हो। मुख्य कारण त म आफ्नै दिमाग को जोगी नभइ अर्काको दिमाग को राजा बन्न खोज्दा पल्टेको हो।

लडेको यो पहिलो पटक भने होइन। पहिला पनि लडेकै हो ! यो पाली खुट्टा मर्किने गरेर चिप्लीयो हेरौं कहिले सम्म निको हुन्छ।

जाडो लगभग सकयो । गर्मि पनि छैन। लामखुट्टे हरु पनि वार्मअप गर्दै होलान फिल्ड मा देखिदैनन्।  यो समयमा त पल्टे पछि निन्द्रा लाग्नु पर्ने हो नि! के गर्ने लाग्दैन।

निन्द्रा लागेन भनेर सधैं कति त्यहि कफी लाइ दोष दिनु । यो पाली को दोष फ्रस्ट्रेसन लाइ ! यो फ्रसट्रेसन ले फ्रसटु बनाइ सक्यो यार! अरुबेला रात भर भुक्ने कुकुर साँझ तिरै निदाँउछन कि के हो खै भुकदैनन्। स्कुल को पाले दाइले राती को बाह्र बजे बाह्र पटक बजाएको घण्टी मेरै लागि अब त सुत भनेर बजाएझै लाग्छ।

आँखा खोलेर देखेका सपनाहरु पुरा नभए पछी सपना देख्नैका लागी आँखा चिम्लिन पनि मन नलाग्ने रहेछ। जब सपनाहरु आफ्ना नितान्त व्यत्तिगत हदैनन् अरुका सपना सँग पनि जोडिन्छन् सपनाहरुको आकार बढ्दो रहेछ, ठुला  हुने रहेछन् र ति टुक्रिदा,भत्कीदा आवाज पनि चर्को आउने रहेछ। लामो समय सम्म गुन्जीने रहेछन् । गुन्जिरहेछन्!! हजार सपनाहरु को माया लागेर आँउछ!!

 

जे होस बिहान चाँहि साढे सात नबजी उठिदैन 🙂 !!