January 12

कफी गफ!

शनिवार को साँझ, सधै झै एक्लै छु। फिलिग अलोन!

बिहान देखि चार कप कफी पिइसके, एन्ड इट्स फिप्थ नाउ! यहि कफी सँग डराएर होला निन्द्रा को न पनि आउन सकेको छैन। आइ डन्ट नो कफी को गुण हो कि अवगुण जति धेरै पियो त्यति दिमाग घुम्न थाल्छ। राउन्ड एन्ड राउन्ड !

लाग्यो एउटा फिल्म हेर्छु ११-१२ बजी हाल्छ अनि सुत्नु पर्ला। तर दिमाग घुम्यो सोचे यि आँखालाइ पनि कति दुःख दिनु यार! आज यिनलाइ पनि रेस्ट!

गर्ने के त? लेख्ने!

के लेख्ने? थाहा छैन।

मान्छे हरु राता रात किताब लेख्छन्, आफुलाइ भने एक पेज लेख्न पनि इट्स लाइक माहाभारत!

कतै पढेको हो कि सुनेको मैले बिर्से तर याद आयो त्यो लाइन ” माइ लाइफ इज लाइक एन ओपन बुक”

हो त! हरेक जिन्दगीका आ-आफ्ना कथा हरु छन्। तिनै कथाको को किताब त हो नि जिवन। तर ओपन बुक? फ्याट्ट “एस इट इज ओपन” भन्न जो कोहिलाइ गार्है पर्ला!

हरेक दिनलाइ किताबको एक पेज मान्ने हो भने किताब मोटै हुने रैछ। हैट जिन्दगी त धेरै पो बाँचिएछ त!

मन मनै आफ्नो किताब पल्टाउनुहोस एन्ड सपोज एभ्रि इएर इज ए च्यापटर अफ योर बुक। पहिलाका ५ – ६ च्याप्टर हरु सायद शब्दले भन्दा चित्र ले भरीएका छन्। एन्ड आइ नो दे आर भेरी फ्यु एन्ड ब्युटीफुल!

त्यसपछिका च्याप्टर नबुझिने ह्यान्ड राइटिङले लेखिएका हुन्छन् अनि ति शब्द पढ्दा दिमाग मा छोटा मिठा भिडियो प्ले हुन्छ। एन्ड नाउ यु डन्ट वान्ट टु स्टप दोज भिडियोज।

तर एकैछिन पज गरौ एन्ड लेट्स गो फर अदर च्याप्टर। ति साथिहरु, सम्बन्धहरु त्यो समय, ति गल्तिहरु, त्यो दुःख र सुख, त्यो हाँसो अनि त्यो रोदन एभ्रिथिग इज दिएर!

जसरी कुनै उपन्यासका मुल पात्रहरु मात्रै अन्तिम सम्म रहिरहन्छन् र अरु सहायक पात्रहरु बिस्तारै हराउदै जान्छन् जस्ट लाइक ड्याट तपाइको किताबमा पनि कति पात्रहरु यस्ता छन् जो कहिल्यै बिर्सिन सकिदैन। कति बिर्सिन खोज्दा पनि याद आउछन्। अनि कति धेरै त आउछन् जान्छन यादै हुदैन्।

तपाइलाइ थाहा छ? दिस इज योर बुक एन्ड यु आर दि अथर! तर नबिर्सिनुहोला इट इज नट रिटन विथ पेन्सिल। तपाइले झुक्किएर लेखेको भए पनि मेट्न सक्नुहुन्न। दिएर इज नो इरेजर!

जाँदा जाँदै अन्त्यमा!

यु ह्याभ दि राइट एन्ड यु ह्याभ च्वाइस कसलाइ कति पढ्न दिने वा नदिने। वि केयरफुल! अनि कसलाइ थाहा छ र!

मे वि टुडे इज दि लास्ट पेज अफ योर् बुक !

January 12

पहिलो घडी!

ठ्याक्कै साल,महिना र गते त याद भएन तर कुरा आज भन्दा लगभग १२-१३ बर्ष जती अगाडिको हो। असार को महिना रहेछ क्यारे । स्कुल  बिदा थियो। बिहान उठेर १ थाल भात हसुरे पछी बेलुका फेरी थाल तान्न मात्रै घरमा पुगिन्थ्यो। दिउसो को खाजा को बन्दोबस्त आँफै गरिन्थ्यो साथीहरु सँग मिलेर। कहिले काँक्रो कहिले नास्पती कहिले अम्बा…..त्यस्तै मौसम अनुसार।

धेरै जसो त अरु को बारीमा शिकार खेलिन्थ्यो तर समय र परिस्थिती अनुसार कहिले काही आफ्नै बारीमा पनि छोडिएन। दिउसो साथी हरु सँग बसेर खादा त सिस्नोले पोलेको,बारुला ले चिले को पनि पनि बाल नहुने तर बेलुका भने म भन्दा पहिला दिउसो हराएको काँक्रो को खबर घर पुग्दा भने अली अली नरमाइलो लाग्थ्यो।

आमा को गाली सँगै एक थाल भात मज्जा ले खाएर खाट मा पल्टेपछी एकैचोटी बिहान। लामखुट्टे त त्यो बेलामा पनि थिए होलान नि है? तर लामखुट्टेले निदाउन दिएनन भनेर गुनासो कहिल्यै गरिएन। थाहै पाइएन!

त्यो दिन पनि रुटिन अनुसार भात खाएर केटाहरु जम्मा भए। हिजो राती ठुलो पानी पर्या थियो रे!एउटा ले भन्यो। कान मा लाम्खुट्टे कराएको त थाहा हुँदैन आफुलाई सुतेपछी अब बाहिर परेको पानी कसरी थाहा पाउनु!

एकै छिन मा कार्यक्रम पनि तय भयो। खहरे खोलामा पौडी खेल्न जाने। लौ त्यती राम्रो सँग पौडिन त आउदैन त्यही पनि जाने भनेपछी जाने। लगभग आधा घण्टा को ओरालो ओर्ले पछी पुगियो खोलामा। हिजोराती पानी साचिकै परेको रहेछ। खोला त ठुलै पो भएछ!

खोला को छेउमै रोपाइ हुँदै थियो। त्यही छेउमा कपडा खोलेर खोला तिर हाम फालियो। केहीबेर त त्यही पौडी खेलियो। केहीबेर पछी भने अली ठुलो रह को खोजी मा अली पर नै पुगियो। अनी भेटियो पनि र दिन भर मज्जाले पौडी खेलियो। अझ मैले त त्यही दिन रोलिङ हान्न पनि सिके।

बिस्तारै बिहान को भातले काम गर्न छोड्यो। पेटमा मुसा दौडिन थाले। घाम पनि डाँडापारी पुगिसकेछ। फेरी त्यो उकालो पनि त उक्लिनु छ। अब घर फर्किने भनेर बिहान कपडा खोलेको ठाउँमा आएको त एउटा कपडा पनि छैन ! ल बर्बाद! केटाहरु सब चुपचाप एक अर्का को मुख हेर्न थाले। सबैको अनुहार मा एौटै प्रश्न थियो। कपडा खोइ? मलाई भने सगै अर्को पिर पनि थपियो। पाइन्ट को खल्ती मा राखेको घडी, त्यो पनि दुई हप्ता अघी बा ले काठमाडौं बाट ल्याइदिनुभको पहिलो घडी।

एकछिन पछी त्यही नजिकै धान रोप्दै गरेका खेताला लाई सोध्न  हामी मध्यको एक जना साथी लाई पठाइयो। केही बेर पछी उस्ले खबर लिएर आयो। कुरा के भएछ भन्दा: हामीले कपडा खोलेकै ठाउँ को नजिकै उनिहरुको हली ले पनि कपडा खोलेर राखेको रहेछ अनी दिउसो चुरोट खान भनेर खल्ती हेरेको त चुरोट पनि छैन रे! पैसा पनि छैन रे! अनी नजिकै हाम्रो कपडा देखेपछी हामीले नै चोरेको हुनु पर्छ भनेर सबै कपडा लिएर गएछ।

अब हामीले चोरेको त होइन। नबिराउनु नडराउनु! भनेर फेरी त्यही साथी लाई पठाइयो हली भए तिर। साथी ले गएर हाम्रो कपडा खोइ भनेर के सोधेको थियो मुला हली ले त गोरु चुट्ने लौरी ले पिडउलामा बजाइ हालेछ। कपडा लिन गएको साथी आँखा भरी आसुँ लिएर आयो।

अब गर्ने के? सबै जना अन्योल मा परीयो। घाम डुबिसक्यो। कट्टु मात्रै लगाएर घर जाने कुरा पनि आएन। अझै मेरो त घडी पनि छैन। घरमा गएर के भन्ने।

केहीबेर पछी सबै सँगै हली सँग कुरा गर्न गइयो। अनी हामीले चोरेको होइन नपत्याये हामी सबै को कट्टु छामे हुन्छ।हामीले पैसा लुकाउन र हलीले छाम्नलाई हाम्रो कट्टुमा खल्ती पनि त हुनु पर्‍यो । बरु हाम्रो खल्तीमा पनि घडी र अली अली पैसा छ हाम्रो कपडा दिने भए दिनुस नत्र हामी घरमा भन्दिन्छौ भनेर भने पछी हलिले कपडा को पोको हामीलाई दियो। हत्तपत्त आफ्नो पाइन्ट झिकेर खल्ती छामे एउटा…दुइटा…. तीनवटा! लौ कुनै खल्ती मा पनि छैन घडी त। साथीहरु को खल्ती मा भएको अलिअली पैसा पनि हराएछ। चोर ले सबै का खल्ती रित्याएछ।

अध्याँरो भैसकेको थ्यो। सबै जना चुपचाप घरतिर हिँडियो।

घर पुगेपछी डराउदै डराउदै सबै कुरा बा र आमा लाई भने। सोचे भन्दा फरक बा-आमा कसैले पनि गाली गर्नु भएन। आमाले भात खान दिनुभयो तर भात अरुदिनको जस्तो मिठो लागेन. आमाले दिने गालीको अचार जो थियन भात सँग अनी कसरी मिठो होस्। गएर खाट मा पल्टिए। निन्द्रा लागेन। घडीको याद आइरह्यो। रातभर लामखुट्टे कराइरहे!

January 6

गुन्द्रुक जिन्दगी!

मान्छे नामको सागलाइ
गरीबीले थिचोमिचो पारेर।
बाध्यताको पोको भित्र
स्वतन्त्रताको हावा नछिर्ने गरेर।
यो अंध्यारो समाजको गहिराइमा
बर्षौंदेखी पिल्साएर निकालेपछी ।
शोशण नामको घाममा
पसीना पुरै सुकाएपछी।
बनेको
अमिलो भोगाइ हो मेरो जिन्दगी!
मेरो गुन्द्रुक जिन्दगी!

Category: poem | LEAVE A COMMENT
January 5

नयाँ बर्ष 2016 को शुभकामना !

तलब आउने दिन गन्दा गन्दै महिना बित्यो अनि महिना गन्दा गन्दै साल तर खल्ति सधै रित्तो ! यसरी नै बित्यो 2015 साल। जा-गिर भनेको जानु र गिर्नु नै हो रहेछ भन्ने पाठ सिकायो यो सालले। केहि राम्रा अनि नराम्रा जिन्दगी भर बिर्सिन नसाकिने याद पनि दिएर गयो। समग्रमा जिन्दगिको एऊटा मध्यम स्तरको मोड बनेर गयो यो साल।

जब घडी हेर्नु पर्दैन
दिनहरु गन्नु पर्दैन
महिन र साल सम्झनु पर्दैन
उसलाई कुर्नु पर्दैन
उ आफ्नै बाटो
म आफ्नै बाटो
तर
जब म घडी हेर्छु
दिनहरु गन्छु
दिनहु भित्तेपात्रो पल्टाउछु
उ मेरो बाटो छेकेर
नियमका पर्खाल ठढ्याउछ
तिल लाई पहाड बनाइदिन्छ
मलाई लाचार तुल्याइदिन्छ
अब 2015 त गैसक्यो आउने 2016 के गर्छस भैरे भनेर आफैलाइ सोधेको त हो तर आफैलाइ दिने उत्तर भएन म सँग। जिन्दगिले एऊटा ट्रयाक मा स्पिड लिने बेला हो थाहा छ तर थाहा भएर मात्रै पनि नहुने रहेछ। मध्यम वर्गिय परिवार मा हुर्कैका सबैलाइ पर्ने समस्या हो यो। तपाँइ बुझ्नुहुन्छ हुन्छ भने ठिकै छ बुझ्नुहुन्न भने अब बुझ्न नखोज्नुहोला किनकि यसको फाइदा केहि छैन अनि बेफाइदा टाउको नमज्जाले दुख्छ। तपाँइको टाउको नदुखोस भन्ने मेरो चाहना।

धेरै धेरै बर्षहरु सम्म। हरेक पटक नया बर्ष सुरु हुदा ,म सोच्थे यो बर्ष त पक्कै पनि मेरो संसार बदलिने छ ! मेरा निम्ति सब थोक राम्रै राम्रो हुनेछ !कति बेबकुफ थिए म !आफु अलिकति पनि परिवर्तन नभैकनसारा संसार मेरा निम्ति बदलिएको सपना देखथे म ! एक दिन गुरुले भने ‘ तिम्रो द्रष्टी नबदलिकन सृष्टी बदलिदैन परिवर्तनको सुरुवात आफुबाट गर ‘ आज भोली कुनै पनि प्रकारको नया बर्ष आउदा मनमा एक पुरानो गीत याद आउछ
‘मङल होस यस देशको !
मङल होस अनि हाम्रो
मङल होस अनि धरति भरिका !
जिउदा मान्छेहरुको !!
यो ब्लग सुर गर्दा मैले बिजय कुमार पाण्डे को फेसबुक बाट यो पोष्ट साभार गरेको चार बर्ष भैसकेछ आज तिन वर्ष पछि फेरी याँहा जोडे।
लेख्न बस्नु अगाडी के के न लेख्छु भनेर बस्यो लेख्न थाल्दा दिमाग खालि भैदिन्छ। बल्ल बल्ल २ – ४ लाइन लेखेर पढ्यो सबै झुर लाग्छ। मलाइ थाहा छ मैले झुर नै लेख्छु। मैले धेरै पटक लेखेर दुइ पटक नपढी shift + Del थिचेको छु। यो माथि लेखेका छेउ न टुप्पा का कुरा यो भन्दा धेरै नलेखुँ होला। झुरै भएपनि पढीदिएको मा धन्यवाद। र फेरि पनि दोहोर्याउन चाहान्छु। द्रष्टी नबदलिकन सृष्टी बदलिदैन परिवर्तनको सुरुवात आफुबाट गर।
नयाँ बर्ष 2016 को शुभकामना सबैलाइ ! सबै ! सबैलाइ !!

January 5

प्रयास!

हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयासहरु
बाफ बनेर ह्रराउछन
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।

तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँहि कतै
घरको पालीमा,
बगैँचामा,
फूल र पातमा।

म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङँग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उद्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।

अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुधमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।

Category: poem | LEAVE A COMMENT