May 20

के यो माया हो?

घडिमा रातिको १२ बज्नै लागेको थियो।सेकन्ड सुइ सधै झै हतार हतार गर्दै थियो, खै कति बजाउन हतार छ त्यसलाइ मलाइ थाहा छैन। जति दौडे पनि घुम्ने त त्यहि घडि भित्रै न हो तर पनि सेकन्ड सुइ अल्लि बढि नै हतार गर्छ। आखिर ब्याट्रि सकिएको दिन सबै सुइ सँगै रोकिने हो। नियम त त्यहि हो। चाहे घडि होस् या जिन्दगी।

असाइनमेन्ट को डेडलाइन छ आज जुन १२ बजे पछि सकिन्छ। मेल चेक गर्छु । लेक्चरर ले रिप्लाइ गरेको रैछ २ दिन एक्सटेन्सन दिएछ। र म यो लेख्न थाले। जय होस लेक्चरर को।

आजभोली म पनि सेकन्ड सुइ जस्तो भाको छु। थाहा छ पुग्नु काँहि छैन तर पनि घुमिरहेछु….दौडिरहेछु……दौडिरहेछु। मेरो आफ्नै मनले एकछिन पख सचिन भन्छ तर पनि नसुने झै दौडिरहेछ सचिन! यो सेकेन्ड सुइ दौडले काँही पुर्याउदैन थाहा छ तर पनि दौडिनु को बिकल्प छैन अहिलेका लागि।

कसैलाइ पर्खिरहेछु म। उ मुस्कुराउदै आउछे।म हतार हतार हिड्छु। उ मेरो हात समाएर भन्छे  “कति दौडिएको? विस्तारै हिँड म सँगै हिँड”।बाटोमा उ गुन गुनाउछे मलाइ मनपर्ने गित र म सुनाउछु उसलाइ हिजो राति लेखेको पुरा हुन बाँकि मेरो आधा कविता।

सिमसिम पानि पर्छ। म कहिलयै छाता बोक्दिन । उसको झोलामा छाता कहिल्यै छुट्दैन। तर म सगै हुँदा उसलाइ पनि रुझ्न मन पर्छ। उसले छाता झोलाबाट निकाल्दिन। सिमसिमे पानि, चिसो बतास तर न्यानो यात्रा।

बाटोमा रोकिन्छे उ। मलाइ एकछिन यँही बस है भन्दै जान्छे बाटो छेउको कफि सप। फर्केर आँउदा लिएर आँउछे एउटा कफि। म सोध्छु मेरा लागि खै त? उ कफि सुरुप्प पार्दै त्यहि कप मलाइ दिन्छे म कपमा उसको माया पिउँछु।

बाँकी कथा पछि भन्छु! 😊

तपाँइ सबैको जय होस!