July 1

के यो माया हो?

उसको बारेमा नसोचेको समय हुदैनथ्यो। मेरो अवस्था कस्तो थियो भन्दा मन उसै सगँ पठाँएको थिय र दिमागमा उसैलाइ बास दिएको थिय। कहिले लागथ्यो फोन गर्छु, नाम सोध्छु, ठेगाना सोध्छु, किताब कस्तो लाग्यो सोध्छु। गफ गर्छु। अनि फेरि लागथ्यो ह्या… मुला भर्खर चार दिन अगाडि त भेटेको यति छिटै फोन गर्दा के सोच्ली उसले? कस्तो हावा केटा रैछ भन्ने सोचि भने! इम्प्रेसन को कुरा छ भैरे हतार नगर भन्ने लागथ्यो। यहि दोधार हुदाँ हुदै एक हप्ता बित्यो।

शनिबार को दिन थियो। उ सँग अलि अलि रिस उठिराथ्यो। यत्रो दिन भैसक्यो एक कल त गर्नु नि यार। मेरो त नाम पनि भनेको थिय, फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउनु।फेरि याद आयो,फेसबुकमा अर्कै नाम पो छ त यार। नाम चेन्ज गरेर सचिन नै राखुम कि जस्तो पनि लाग्यो तर सोचें एक कल फोन नगर्नेको लागि के नाम चेन्ज गर्नु।

फोन बज्यो। उसलाइ भेटेको दिन पछि हरेक पटक फोन बज्दा उसैको कल पो आयो कि झै लागथ्यो। यो एक हप्तामा धेरे जनाले मेरो चाइनिज फोनको रिगंटोन बजाए तर उसको कल आएन। यो पटक एकजना दाइ ले कल गर्नु भएको रैछ। निम्तो दिन! दाइ भाउजु को म्यारिज एनिभर्सरीको पार्टीमा निम्तो! भिड मन नपर्ने म फेरि यो सिड्नीमा नेपालीको पार्टि भनेपछि रमाइलो कम कम्पीटिसन बढि हुन्छ। एक मनले त नजाउँ कि जस्तो पनि लाग्यो तर फेरी सोचेँ यसै त यो ठाँउमा आफ्ना मान्छे कम छन् यसरी निम्तो कमै पाइन्छ, फेरी दाइ आफैले सम्झेर बोलाएपछि जानुपर्छ भन्ने लाग्यो। त्यसैले जाने निर्णय गरियो।

चहलपहल राम्रै थियो पार्टीमा। मैले चिनेका अनुहार कमै थिय। गएर दाइ भाउजुलाइ बधाई दिदै हाजिरी गराइयो र प्रमाण स्वरुप फोटोग्राफर लाइ भनेर एउटा फोटो पनि खिचियो त्यसपछि गएर थुपुक्क बसियो कुनाको एउटा टेबलमा।

मोबाइल बज्यो। अच्चमै भयो! मोबाइल बज्नु अच्चम होइन। स्क्रिन मा Mystica Calling… थियो! त्यसैले अचम्म भो! रिसिभ गरिहाल्न मन थियो तर यो पापी मन ले रिसिभ गर्न हतार नगर  भैरे भन्यो! थर्ड रिगं पछि त कन्ट्रोल गर्नै सकिन। रिसिभ गरे!

हेल्लो! सन्चै हुनु हुन्छ? उसले सोधी।

ठिकै छ! अनि तपाँइ? मैले भने।

बाँचेकै छु! उसले भनि।

उसको जवाफ सुन्दा लाग्थ्यो उसगँ मर्ने हजार कारण छन् तर पनि उ बाँचेकी छे।

किन यति निराश? मैले सोधे।

खै थाहा छैन। अनि तपाँइ पनि निराश देखिनुहुन्छ त! उसले सोधी।

छैन। म किन निराश हुनु! मैले भने।

यति रमाइलो पार्टिमा एक्लै कुनामा चुपचाप बस्ने मान्छेलाइ निराश नभनेर के भन्नु त? उसले भनी।

म एकछिन ट्वाँ परे! वरीपरी हेरें। पल्लो छेउको टेबलबाट उसले हात हल्लाइ। मैले देखेर हाँसे झै गरें उ पनि हाँसी।

उसले फोन मै भनि के पिउनुहुन्छ?

तपाँइ जे पिलाउनु हुन्छ त्यै पिउँला!

याँहानिर मैले उसको सुन्दरताको तारिफ गर्दै केही लाइन हरु लेख्नु पर्ने हो तर मलाइ विश्वास गर्नुस र माफ पनि गर्नुस म त्यो दुइ-तिन लाइनमा कुनै तरिकाले गर्न सक्दिन। यत्ति बुझ्नुस कि सि वाज लुकिगं ब्युटिफुल।

उसले दुइ ग्लास रेड वाइन लिएर आइ र म बसेकै टेबलमा बसी। एउटा ग्लास मलाइ दिइ मैले ग्लास ठोक्याउदै भनें “चियर्स”

क्रमश….!

Category: story | LEAVE A COMMENT