December 4

देश, आमा र म

आमा, परदेशमा छु तर हेरक दिन देश सम्झन्छु, घर सम्झन्छु तपाँइलाइ सम्झन्छु। म मेरो भविष्य सम्झन्छु।यता आउदा लागेको ऋण सम्झन्छु। त्यहि ऋणको व्याज तिर्न तपाँइहरुले गरिरहेको दुःख सम्झन्छु। र सम्झन्छु म घर फर्किने दिन जुन दिन सम्झिदा मात्रै पनि मन त्यसै खुशी हुन्छ तर फेरी सम्झन्छु चार हप्ताको बिदा सकेर फेरी विदेश फर्किने दिन।

तपाँइलाइ लाग्नसक्छ छोरा ले विदेशमा दुःख पाएछ। छोरालाइ सुख छ। तर कुरा तपाँइको छोरा को मात्रै होइन आमा ।मलेसिया र खाडी मुलुक मा रगत र पसिना बगाउने, अमेरिकामा ग्रिन कार्ड बनाउने झिनो आशा बोकेर बसेका, युरोपमा शरणार्थी भएर बसेका र अष्ट्रेलियामा पि-आर का लागि पोइन्ट बढ्यो भनेर निराश नेपाल आमाका कयैन सन्तान को हो।

हिजो राती सपनाम ति माओवादीहरु लाइ देखे जो हाम्रो घरमा बास बसेका थिय, जो सबैजसो शहिद भै सके। कति सहासी र निडर थिय है आमा तिनहरु। कति सुनौला थिए है तिनका सपना। म सोच्छु बाँचेको भए तिनीहरु मध्य को को प्रचण्ड सँग सरकार मा हुन्थे होलान र आहिले चुनाव प्रचार गर्दै हुन्थे होलान। को को बिप्लव सँग मिलेर अझै बम पड्काउदै हिड्थे होलान्। कि सरकार ले दिएको पैसा म्यानपावर कम्पनिलाइ बुझाएर खाडी मा भेडा चराँउदै हुन्थे होलान्। मेरो सपनामा भने तिनिहरु सबै मौन र निराश थिए आमा।

मलाइ थाहा छ मैले भन्दा धेरै समाज तपाँइले बुझ्नु भएको छ। राजनैतिक चेत म भन्दा हजार गुणा बढि तपाँइमा छ। म अझै सम्झन्छु कसरी तपाँइले औँठा छाप लगाउने आमाहरुलाइ  हात समाएर वर्णमाला सिकाउनु भयो र तिनै हात हरुले कसरी तपाँइ विरुद्ध हस्ताक्षर गरे। २०५२ साल को स्थानीय चुनाव हुन पर्छ त्यति बेला मान्छे मर्दा म सानै थिय तर तपाँइ को त्यो हत्या र हिसां विरुद्धको आक्रोश म अझै सम्झन्छु आमा।

आमा चुनावको मिति आइसकेछ। मलाइ थाहा छ तपाँइ पक्कै भोट हाल्न जानुहुनेछ।तपाँइको ज्ञान र विवेक माथि शंका गरेको होइन। सँविधान सभाको चुनावमा जस्तै तपाँइ सँग बहस गर्न म घरमा हुने छैन। तर आमा यो पटक भोट हाल्दा तँपाइले २०४६ सालको आन्दोलन मा तपाँइको पार्टी को नाम गोमा थियो भनेर विर्सिदिनुस र सम्झिनुस तपाँइका छोरा छोरी र नाति नातिना को नाम र तिनिहरुको भविष्य। तपाँइलाइ यो वा त्यो चुनाव चिन्हमा भोट हाल्नुस त म भन्दिन तर निर्धक्क भएर भोट हाल्नुहोस। मलाइ थाहा छ तपाँइ सधै परिवर्तन को पक्षमा उभिनुहुने छ।