August 22

कलर अफ लभ

समयको कुनै आवाज हुन्छ कि हुदैन मलाइ थाहा छैन, यदि हुन्छ भने समय यतिबेला मौन छ। भर्खरै सम्म टास्कर पार्कमा फुटबल खेल्दै गरेका सबैजना पार्कको लाइट अफ भएपछि आ-आफनै गुँड तिर फर्किसके। छेवैमा कुक्स रिभर आफ्नै लयमा बगिरहेछ।पार्क छेउको बेन्चमा बसेर म कसैलाइ पर्खिरहेछु।

कानमा हेड फोन जोडेको छु। गित बजिरहेछ , म पनि सँगै गुन गुनाइरहेछु……

सोचे जस्तो हुन्न जीवन। सम्झे जस्तो हुन्न जीवन।

जस्तो खोज्यो उस्तै हुन्छ। देखे जस्तो हुन्न जीवन।

पिडाहरु बटुलेर रोइरहुँ जस्तो लाग्छ।

खुसीहरु समेटेर हाँसीरहुँ जस्तो लाग्छ।

आँसु आँसु हुन्न जीवन। खुसी खुसी हुन्न जीवन……

मोबाइल बज्यो। उसको कल थियो, उठाँए। मैले हेल्लो पनि भन्न नपाउदै उ सोध्छे : कता छौ? म बेन्चबाट उठेर पछाडी फर्कीन्छु। उसले मलाइ देखेर होला फोन राख्छे र म भएतिर आउछे। मेरौ छेउमै बस्छे। सोध्छे: चकलेट खान्छौ? मैले खान्छु / खान्न केहि भन्न नपाउदै उ झोला बाट उसको फेवरेट टोब्लेरोन झिक्छे, मलाइ दिन्छे र मेरो पाखुरामा उसको टाउको अडेस लगाउदै उ पनि चकलेट खान्छे।

फेसबुक किन डिएक्टिभेट गरेको? उ सोध्छे। म भन्छु : गाएब हुने विचार गर्दैछु त्यसैले। प्याट्ट पिट्छे र भन्छे हावा कुरा गर्ने होइन, खुरुक्क एक्टिभेट गर्ने। उसले आदेश सहितको आग्रह गर्छे। फेरी हाँस्दै भन्छे, तिमिलाइ चलाउन मन नलागे मलाइ पासवर्ड देउ म चलाउछु तिम्रो फेसबुक। तिम्रो नेपालकी क्रस लाइ दुई दिन मा पट्याइदिन्छु! यति भनेर उ मज्जाले हाँस्छे!

हामि यो भन्दा पहिला पनि यो ठाँउमा धेरे पटक भेटेकाछौ। हामिलाइ भेट्न कुनै कारण चाँहिदैनथ्यो। तर आज उसलाइ भेट्न म सँग कारण थियो। म उसलाइ केहि भन्न चाहान्थे। उसलाइ हेर्छु, सधैझै खुसी छे उ। मैले उसलाइ केहि भन्ने आँट गर्न सकिन।

भोलिको प्लान के छ तिम्रो? भोलि साँझ मुभि जाँउ है! उसले सोध्छे।

कसरी भनुँ म उसलाइ कि म भोलि नेपाल जाँदैछु। नफर्किने गरी। कसरी भँनु उसलाइ दिउसो इमिग्रेसन को चिठी आएको थियो, तिन दिन भित्र अष्ट्रेलिया छोड भनेर। कसरी भँनु उसलाइ भेट्न आउनु अगाडी नेपाल जाने वन वे टिकट काटेर आएको हुँ भनेर।

उ फेरी मेरो अनुहारतिर हेर्दै सोध्छे, के भो आज तिमिलाइ?

मेरो रुम को एउटा चावि उसले थाहा नपाउनेगरि उस्को ब्याग मा राखें। उसको निधारमा किस गरें।

अब जाँउ है मैले भने, हुन्छ भनेर उसले सहमती जनाइ। उसलाइ छोड्न स्टेसन सम्म गँए। बाटोमा हात समातेर हिड्दै थियौं, उसले तिम्रो हात कति तातो, ज्वरो आको छ हो? भनेर उसको हत्केलाले मेरो निधार छामी। नाइ, केहि भाकोछैन। आइ एम फाइन! मैले भने।

उसलाइ स्टेसन छाडेर फर्केपछि मैले मोबाइल अफ गरेको छु। एउटा चिठी लेखेर टेबलमा राखेको छु। मलाई थाहा छ उ याँहा आउनेछे, चिठी पढेर खुब रुनेछे र मलाई उसले कहिल्यै माफ गर्ने छैन।

Category: story | LEAVE A COMMENT
July 9

कलर अफ अस्तित्व

म ट्रेन कुरीरहेछु। आकाशतिर हेर्छु, बादल हतार हतार दौडिरहेछ। स्टेसनको छेउमा पर्पल जाकारान्डा फुलेको छ। फुटपाथ पुरै पर्पल भएको छ। अल अफ अ सडेन दिमागमा एउटा शब्द (वर्ड) पानीको थोपा झै टप्लक्क झर्यो र वेभ क्रिएट गरेर गयो, अ पर्पल वेभ अन माइ क्लाउडी माइन्ड।

एक्जीस्टेन्स / Existence  / अस्तित्व

म घडि हेर्छु। हैन हैन यसो भनौँ। म घडिमा समय हेर्छु। साँचै यो समयको रगँ कस्तो हुन्छ? सेतो बादल जस्तो कि पर्पल जाकारान्डा जस्तो? कि पानी जस्तो बेरंग?

समय को अस्तित्व?

समय भ्रम हो। टाइम इज जस्ट एन इलुजन।

ट्रेन आयो। एकैछिन मा डुअर्स क्लोजिगं, प्लीज स्ट्यान्ड क्लिएर भन्दै ढोका बन्द भयो। म आफैले आफैलाइ ट्रेन भित्र कैद गरें।

अँ साँच्चै एक्जीस्टेन्सको कुरा हुदै थियो। अस्तित्वको रंग कस्तो हुन्छ? रंगको अस्तित्व हुन्छ कि हुदैन? त्यो पर्पल जाकारान्डाको? त्यो सेतो बादलको? मेरो आफ्नै?

उफ्फ् यो समय, यो अस्तित्व!!

एकबिहानै (मर्निङ ? बिहान?)
समय को अस्तित्व पछाडी एउटा प्रश्न चिन्ह / कोइसन मार्क / ?
उभ्याइदे भन्छ यो मगज।
किन?
किनकी, समय भ्रम हो। टाइम इज जस्ट एन इलुजन ।
ह्वाट?
आइन्सटाइन बाजेको रिलेटिभिटीको सिद्धान्त के हो?
बाजे ले प्रमाणित गर्या छन् रे त एभ्रिथीङ इज रिलेटिभ।
सापेक्ष हुन्छ रे त सबै कुरा।
त्यसैकारण टाइम इज इरेलेभेन्ट!
के यो ब्रह्मांड को कुनै समय र आकार छ?
के हो टाइम एन्ड स्पेस?
के हो ब्ल्याक होल?
*
*
*
मेरो आफ्नै अस्तित्व?
मानवजाती को अस्तित्व?
के हो नित्से को “कलरफूल काउ”?
के हो डार्विन को “अस्तित्वको लागि संघर्ष”?
सोक्रेट्स ले भन्या जस्तो के “खुशी” मानव प्रयास बाट सम्भव छ?
जय होस् सबैको
आणविक हतियार, ग्लोबल वार्मिङ, ट्रम्प, जिन्पिङ, पुटीन र किम

पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन!
*************************************

डेस्टीनेसन स्टेसन आइपुग्यो। म कैद मुक्त भँए। तर कैद त म हजार कुराको भएको छु। जिवन पुरै कैदी भएको छ। काम, क्रोध, लोभ, मोह, अहंकार सबै कुराको कैदी। म मुक्त हुन खोजीरहेछु……….म मेरो आफ्नै एउटा रंग खोजीरहेछु…..नट पर्पल….नट ह्वाइट……नट रेड…..नट बल्याक….कलर अफ माइ एक्जीस्टेन्स। एक्जीस्टेन्स अफ माइ लाइफ।

Category: General | LEAVE A COMMENT
June 14

लाइफ, लभ एन्ड एब्स्ट्रयाक्ट लेएर्स

युनिभर्सिटी को परीक्षा सकिएको एक हप्ता भयो। रिजल्ट पनि आउला १-२ हप्तामा। पास भैएछ भने अर्को ब्लगमा लेख्छु। लेखिन भने बुझ्नुस म फेल भँए।

समय मध्यरात भएको छ। टिभिमा उडान हेर्दे छु। मैले गनेको त छैन तर यो पाँचौ वा छैटौ पटक हुन पर्छ। हरेक पल्ट यो फिल्म हेर्दा एक तह भित्र पसेको  फिल हुन्छ। लाइक लेअर्स अफ अनिअन।लाइक शंकर बाजेको एब्स्ट्रयाक्ट प्याज। आइ लभ उडान। आइ लभ एब्स्ट्रयाक्ट प्याज। उडान इज नट जस्ट ए मुभी, इट्स एन ब्युटिफुल आर्ट। एब्स्ट्रयाक्ट प्याज एक हजार वर्षपछि पनि मलाइ पढ्न मन पर्ने कृति हो। शङ्कर बाजे लेख्छन्:  म त आजको मान्छे होइन, एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन् !!

लेट्स गेट ब्याक टु एक्ज्याम / परीक्षा। जिन्दगी आफैमा परीक्षा हो भन्छन् जान्ने हरु। जिन्दगीले भर्खरै एउटा सडेन टेस्ट लियो। रिजल्ट पनि आयो। म फेल भँए। म फेल भँए तर आफैलाइ एक तह भित्र बुझेको महशुस भयो। लाइक लेअर्स अफ अनिअन।इनसाइड लेअर्स अफ लाइफ। लाइफ इटसेल्फ इज एन एब्स्ट्रयाक्ट आर्ट।आइ लभ एब्स्ट्रयाक्ट आर्ट।

प्रेम परीक्षा हो? हो भने म सधै फेल हुन्छु यो परीक्षामा। लेअर्स अफ लभ। समय कठोर बनेको छ मेरा लागि। म कठोर हुन खोजिरहेछु। एडिगँ लेअर्स टु लाइफ, लेअर्स टु लभ। शङ्कर बाजे लेख्छन् : हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् । थाहा छैन यो नियम माया मा लागु हुन्छ कि हुदैन।!? शङ्कर बाजे दु:ख र आँशुमा पनि यो कला चाहिन्छ कि चाहिदैन?!। हाँसो के हो? दु:ख के हो? माया के हो? खुसी के हो? बाजे भन्दाहुन : दे अल आर लेयर्स। लेयर्स अफ लाइफ। लेयर्स अफ लभ। एब्स्ट्रयाक्ट लेयर्स!।?

डियर शङ्कर बाजे तिम्रो जस्तै मेरो जीवन पनि एब्स्ट्रयाक्ट जीवन भएको छ। तिम्ले भनेजस्तै: म जिवनबाट रोज पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु । रोज मेरो प्रातःकाल ‘मोबाइल को चर्को अलार्म ’ बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्याह्न पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या ‘ सिक र गमट्री’ मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्झिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु ।

हाँस्न सिक्दै छु। हाँस्न जान्नु पनि ठुलै कला रैछ। 😊

Photo courtesy of CFHA Blog.

May 2

तारा तेरे नाम।

सोल्टी को कपाल लामो थियो। घरमा गुन्डा जस्तो देख्याछस् कपाल काट भन्दारैछन, उ भन्दोरैछ राजेश हमाल गुन्डा हो कि हिरो?

उमेर बढे सँगै साथि को लिस्ट घट्दै गएको हो कि जस्तो लाग्छ कहिलेकाँहि तर कोहि साथि यस्ता हुन्छन् नि जसलाइ हेरेर यो मेरो जिग्री हो भन्दा प्राउड फिल हुन्छ। यु आर वन अफ देम तारे । तँलाइ पनि थाहा छ कि छैन कुन्नि, तर यु आर करिजम्याटिक माइ फ्रेन्ड। यु अलवेज इन्सपाइर मी।

तेरो जन्मदिनको शुभकामना। जुकेले देखायो हो कि होइन तँ आँफै जान। यो बर्थडे पार्टि सार्टि त केटाकेटीको लागि हो तर तेरो बिहेको भोज बाँकी छ, नबिर्सेस। तेरो घरको झ्वाँइ खट्टे र सुकुटी खानु पर्छ।

ह्याप्पी बर्थडे माइ फ्रेन्ड! हजार वर्ष बाँचेस!!

March 6

७९८१ किलोमिटर

किन हरेक साँझ आफ्नै गुँड फर्केन्छन चराहरु? किन सधै रातमा झर्छ यो शित? किन घुमीरहन्छ यो पृथ्वी ?  किन बिर्सिदैन यो घाम ले बिहान उदाउन? किन यति हतार छ मान्छेहरुलाइ? किन लेख्न सकिन मैले तिम्रो लागि एउटा कविता?

हिजो साँझ ओस्कार विजेता फिल्म “The Shape of Water”  हेरें। राम्रो लाग्यो। फिल्म को अन्त्य तिर एउटा रुमी कविता छ, त्यो झनै मन पर्यो।

“When I think of her, of Salma, all that comes to mind is a poem. Made of just a few truthful words Whispered by someone in love, hundreds of years ago… ‘Unable to perceive the shape of You, I find You all around me. Your presence fills my eyes with Your love, it humbles my heart, For You are everywhere.

Anthony Doerr को All the light we cannot see पढ्दै छु। पानी र किताब दुबै कुरा सँधै बोकेर हिंड्छु। हिजो बोतलको बिर्को राम्रोसगँ बन्द नभएको मौका छोपेर किताबले पानि खाएछ र फुलेछ आज घाम ताप्दै छ। किताब को पछाडी को कभर मा एउटा लाइन छ ‘Open your eyes and see what you can with them before they close forever’

किन आफैसगँ डरलाग्छ आजभोली मलाइ? किन सपनामा अन्नपुर्ण, माछापुच्छ्रे र निलगिरि देख्छु म हिजोआज? किन लामो लाग्दै छ यो ७९८१ किलोमिटर?