July 9

कलर अफ अस्तित्व

म ट्रेन कुरीरहेछु। आकाशतिर हेर्छु, बादल हतार हतार दौडिरहेछ। स्टेसनको छेउमा पर्पल जाकारान्डा फुलेको छ। फुटपाथ पुरै पर्पल भएको छ। अल अफ अ सडेन दिमागमा एउटा शब्द (वर्ड) पानीको थोपा झै टप्लक्क झर्यो र वेभ क्रिएट गरेर गयो, अ पर्पल वेभ अन माइ क्लाउडी माइन्ड।

एक्जीस्टेन्स / Existence  / अस्तित्व

म घडि हेर्छु। हैन हैन यसो भनौँ। म घडिमा समय हेर्छु। साँचै यो समयको रगँ कस्तो हुन्छ? सेतो बादल जस्तो कि पर्पल जाकारान्डा जस्तो? कि पानी जस्तो बेरंग?

समय को अस्तित्व?

समय भ्रम हो। टाइम इज जस्ट एन इलुजन।

ट्रेन आयो। एकैछिन मा डुअर्स क्लोजिगं, प्लीज स्ट्यान्ड क्लिएर भन्दै ढोका बन्द भयो। म आफैले आफैलाइ ट्रेन भित्र कैद गरें।

अँ साँच्चै एक्जीस्टेन्सको कुरा हुदै थियो। अस्तित्वको रंग कस्तो हुन्छ? रंगको अस्तित्व हुन्छ कि हुदैन? त्यो पर्पल जाकारान्डाको? त्यो सेतो बादलको? मेरो आफ्नै?

उफ्फ् यो समय, यो अस्तित्व!!

एकबिहानै (मर्निङ ? बिहान?)
समय को अस्तित्व पछाडी एउटा प्रश्न चिन्ह / कोइसन मार्क / ?
उभ्याइदे भन्छ यो मगज।
किन?
किनकी, समय भ्रम हो। टाइम इज जस्ट एन इलुजन ।
ह्वाट?
आइन्सटाइन बाजेको रिलेटिभिटीको सिद्धान्त के हो?
बाजे ले प्रमाणित गर्या छन् रे त एभ्रिथीङ इज रिलेटिभ।
सापेक्ष हुन्छ रे त सबै कुरा।
त्यसैकारण टाइम इज इरेलेभेन्ट!
के यो ब्रह्मांड को कुनै समय र आकार छ?
के हो टाइम एन्ड स्पेस?
के हो ब्ल्याक होल?
*
*
*
मेरो आफ्नै अस्तित्व?
मानवजाती को अस्तित्व?
के हो नित्से को “कलरफूल काउ”?
के हो डार्विन को “अस्तित्वको लागि संघर्ष”?
सोक्रेट्स ले भन्या जस्तो के “खुशी” मानव प्रयास बाट सम्भव छ?
जय होस् सबैको
आणविक हतियार, ग्लोबल वार्मिङ, ट्रम्प, जिन्पिङ, पुटीन र किम

पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन!
*************************************

डेस्टीनेसन स्टेसन आइपुग्यो। म कैद मुक्त भँए। तर कैद त म हजार कुराको भएको छु। जिवन पुरै कैदी भएको छ। काम, क्रोध, लोभ, मोह, अहंकार सबै कुराको कैदी। म मुक्त हुन खोजीरहेछु……….म मेरो आफ्नै एउटा रंग खोजीरहेछु…..नट पर्पल….नट ह्वाइट……नट रेड…..नट बल्याक….कलर अफ माइ एक्जीस्टेन्स। एक्जीस्टेन्स अफ माइ लाइफ।

Category: General | LEAVE A COMMENT
June 14

लाइफ, लभ एन्ड एब्स्ट्रयाक्ट लेएर्स

युनिभर्सिटी को परीक्षा सकिएको एक हप्ता भयो। रिजल्ट पनि आउला १-२ हप्तामा। पास भैएछ भने अर्को ब्लगमा लेख्छु। लेखिन भने बुझ्नुस म फेल भँए।

समय मध्यरात भएको छ। टिभिमा उडान हेर्दे छु। मैले गनेको त छैन तर यो पाँचौ वा छैटौ पटक हुन पर्छ। हरेक पल्ट यो फिल्म हेर्दा एक तह भित्र पसेको  फिल हुन्छ। लाइक लेअर्स अफ अनिअन।लाइक शंकर बाजेको एब्स्ट्रयाक्ट प्याज। आइ लभ उडान। आइ लभ एब्स्ट्रयाक्ट प्याज। उडान इज नट जस्ट ए मुभी, इट्स एन ब्युटिफुल आर्ट। एब्स्ट्रयाक्ट प्याज एक हजार वर्षपछि पनि मलाइ पढ्न मन पर्ने कृति हो। शङ्कर बाजे लेख्छन्:  म त आजको मान्छे होइन, एक हजार वर्षपछि जन्मिने पृथ्वीको मान्छे हुँ । मेरो जन्मकालमा राष्ट्रका परिधिहरू, विश्वासका परिधिहरू, धर्मका परिधिहरू, राजनीतिका परिधिहरू, केही पनि हुने छैनन् !!

लेट्स गेट ब्याक टु एक्ज्याम / परीक्षा। जिन्दगी आफैमा परीक्षा हो भन्छन् जान्ने हरु। जिन्दगीले भर्खरै एउटा सडेन टेस्ट लियो। रिजल्ट पनि आयो। म फेल भँए। म फेल भँए तर आफैलाइ एक तह भित्र बुझेको महशुस भयो। लाइक लेअर्स अफ अनिअन।इनसाइड लेअर्स अफ लाइफ। लाइफ इटसेल्फ इज एन एब्स्ट्रयाक्ट आर्ट।आइ लभ एब्स्ट्रयाक्ट आर्ट।

प्रेम परीक्षा हो? हो भने म सधै फेल हुन्छु यो परीक्षामा। लेअर्स अफ लभ। समय कठोर बनेको छ मेरा लागि। म कठोर हुन खोजिरहेछु। एडिगँ लेअर्स टु लाइफ, लेअर्स टु लभ। शङ्कर बाजे लेख्छन् : हाँस्न जान्नु पनि ठूलो कला हो ! मानिसको उमेरमा विकास हुनासाथै उसको हाँसोको कलामा अनेक रङ चढ्न थाल्छन् । थाहा छैन यो नियम माया मा लागु हुन्छ कि हुदैन।!? शङ्कर बाजे दु:ख र आँशुमा पनि यो कला चाहिन्छ कि चाहिदैन?!। हाँसो के हो? दु:ख के हो? माया के हो? खुसी के हो? बाजे भन्दाहुन : दे अल आर लेयर्स। लेयर्स अफ लाइफ। लेयर्स अफ लभ। एब्स्ट्रयाक्ट लेयर्स!।?

डियर शङ्कर बाजे तिम्रो जस्तै मेरो जीवन पनि एब्स्ट्रयाक्ट जीवन भएको छ। तिम्ले भनेजस्तै: म जिवनबाट रोज पन्छिरहेछु, रोज यसलाई पन्छाइरहेछु । रोज मेरो प्रातःकाल ‘मोबाइल को चर्को अलार्म ’ बाट प्रारम्भ हुन्छ, रोज मेरो मध्याह्न पैसा आउने बाटो खोज्नमा खर्च हुन्छ, रोज मेरो सन्ध्या ‘ सिक र गमट्री’ मा समाप्त हुन्छ । रोज मेरो परिचित कतै मर्दछन्, तिनको मृत्यु भुल्नुमा अलिकति समय खर्च हुन्छ । रोज अलि इतिहास सम्झिन्छु, रोज अलि भविष्यको रेखाङ्कन गर्दछु, रोज अलि वर्तमानको मूल्याङ्कन गर्दछु ।

हाँस्न सिक्दै छु। हाँस्न जान्नु पनि ठुलै कला रैछ। 😊

Photo courtesy of CFHA Blog.

May 2

तारा तेरे नाम।

सोल्टी को कपाल लामो थियो। घरमा गुन्डा जस्तो देख्याछस् कपाल काट भन्दारैछन, उ भन्दोरैछ राजेश हमाल गुन्डा हो कि हिरो?

उमेर बढे सँगै साथि को लिस्ट घट्दै गएको हो कि जस्तो लाग्छ कहिलेकाँहि तर कोहि साथि यस्ता हुन्छन् नि जसलाइ हेरेर यो मेरो जिग्री हो भन्दा प्राउड फिल हुन्छ। यु आर वन अफ देम तारे । तँलाइ पनि थाहा छ कि छैन कुन्नि, तर यु आर करिजम्याटिक माइ फ्रेन्ड। यु अलवेज इन्सपाइर मी।

तेरो जन्मदिनको शुभकामना। जुकेले देखायो हो कि होइन तँ आँफै जान। यो बर्थडे पार्टि सार्टि त केटाकेटीको लागि हो तर तेरो बिहेको भोज बाँकी छ, नबिर्सेस। तेरो घरको झ्वाँइ खट्टे र सुकुटी खानु पर्छ।

ह्याप्पी बर्थडे माइ फ्रेन्ड! हजार वर्ष बाँचेस!!

March 6

७९८१ किलोमिटर

किन हरेक साँझ आफ्नै गुँड फर्केन्छन चराहरु? किन सधै रातमा झर्छ यो शित? किन घुमीरहन्छ यो पृथ्वी ?  किन बिर्सिदैन यो घाम ले बिहान उदाउन? किन यति हतार छ मान्छेहरुलाइ? किन लेख्न सकिन मैले तिम्रो लागि एउटा कविता?

हिजो साँझ ओस्कार विजेता फिल्म “The Shape of Water”  हेरें। राम्रो लाग्यो। फिल्म को अन्त्य तिर एउटा रुमी कविता छ, त्यो झनै मन पर्यो।

“When I think of her, of Salma, all that comes to mind is a poem. Made of just a few truthful words Whispered by someone in love, hundreds of years ago… ‘Unable to perceive the shape of You, I find You all around me. Your presence fills my eyes with Your love, it humbles my heart, For You are everywhere.

Anthony Doerr को All the light we cannot see पढ्दै छु। पानी र किताब दुबै कुरा सँधै बोकेर हिंड्छु। हिजो बोतलको बिर्को राम्रोसगँ बन्द नभएको मौका छोपेर किताबले पानि खाएछ र फुलेछ आज घाम ताप्दै छ। किताब को पछाडी को कभर मा एउटा लाइन छ ‘Open your eyes and see what you can with them before they close forever’

किन आफैसगँ डरलाग्छ आजभोली मलाइ? किन सपनामा अन्नपुर्ण, माछापुच्छ्रे र निलगिरि देख्छु म हिजोआज? किन लामो लाग्दै छ यो ७९८१ किलोमिटर?

 

December 4

देश, आमा र म

आमा, परदेशमा छु तर हेरक दिन देश सम्झन्छु, घर सम्झन्छु तपाँइलाइ सम्झन्छु। म मेरो भविष्य सम्झन्छु।यता आउदा लागेको ऋण सम्झन्छु। त्यहि ऋणको व्याज तिर्न तपाँइहरुले गरिरहेको दुःख सम्झन्छु। र सम्झन्छु म घर फर्किने दिन जुन दिन सम्झिदा मात्रै पनि मन त्यसै खुशी हुन्छ तर फेरी सम्झन्छु चार हप्ताको बिदा सकेर फेरी विदेश फर्किने दिन।

तपाँइलाइ लाग्नसक्छ छोरा ले विदेशमा दुःख पाएछ। छोरालाइ सुख छ। तर कुरा तपाँइको छोरा को मात्रै होइन आमा ।मलेसिया र खाडी मुलुक मा रगत र पसिना बगाउने, अमेरिकामा ग्रिन कार्ड बनाउने झिनो आशा बोकेर बसेका, युरोपमा शरणार्थी भएर बसेका र अष्ट्रेलियामा पि-आर का लागि पोइन्ट बढ्यो भनेर निराश नेपाल आमाका कयैन सन्तान को हो।

हिजो राती सपनाम ति माओवादीहरु लाइ देखे जो हाम्रो घरमा बास बसेका थिय, जो सबैजसो शहिद भै सके। कति सहासी र निडर थिय है आमा तिनहरु। कति सुनौला थिए है तिनका सपना। म सोच्छु बाँचेको भए तिनीहरु मध्य को को प्रचण्ड सँग सरकार मा हुन्थे होलान र आहिले चुनाव प्रचार गर्दै हुन्थे होलान। को को बिप्लव सँग मिलेर अझै बम पड्काउदै हिड्थे होलान्। कि सरकार ले दिएको पैसा म्यानपावर कम्पनिलाइ बुझाएर खाडी मा भेडा चराँउदै हुन्थे होलान्। मेरो सपनामा भने तिनिहरु सबै मौन र निराश थिए आमा।

मलाइ थाहा छ मैले भन्दा धेरै समाज तपाँइले बुझ्नु भएको छ। राजनैतिक चेत म भन्दा हजार गुणा बढि तपाँइमा छ। म अझै सम्झन्छु कसरी तपाँइले औँठा छाप लगाउने आमाहरुलाइ  हात समाएर वर्णमाला सिकाउनु भयो र तिनै हात हरुले कसरी तपाँइ विरुद्ध हस्ताक्षर गरे। २०५२ साल को स्थानीय चुनाव हुन पर्छ त्यति बेला मान्छे मर्दा म सानै थिय तर तपाँइ को त्यो हत्या र हिसां विरुद्धको आक्रोश म अझै सम्झन्छु आमा।

आमा चुनावको मिति आइसकेछ। मलाइ थाहा छ तपाँइ पक्कै भोट हाल्न जानुहुनेछ।तपाँइको ज्ञान र विवेक माथि शंका गरेको होइन। सँविधान सभाको चुनावमा जस्तै तपाँइ सँग बहस गर्न म घरमा हुने छैन। तर आमा यो पटक भोट हाल्दा तँपाइले २०४६ सालको आन्दोलन मा तपाँइको पार्टी को नाम गोमा थियो भनेर विर्सिदिनुस र सम्झिनुस तपाँइका छोरा छोरी र नाति नातिना को नाम र तिनिहरुको भविष्य। तपाँइलाइ यो वा त्यो चुनाव चिन्हमा भोट हाल्नुस त म भन्दिन तर निर्धक्क भएर भोट हाल्नुहोस। मलाइ थाहा छ तपाँइ सधै परिवर्तन को पक्षमा उभिनुहुने छ।

September 4

डियर नगरकोटी!

डियर नगरकोटी! तिम्रो नयाँ बुक निस्केछ भन्ने थाहा पाएँ, खुसी लाग्यो! साथि आउदै थियो नेपालबाट “के ल्याइदिऊ?” भनेर सोध्यो! सधै खुकुरी रम भन्ने मैले यो पटक भनेँ “दोचा” ल्याइदे नगरकोटीको। तर माइ डियर राइटर तिमिले दोचा रिलिज गर्ने दिन अगावै उ उड्यो। र अहिलेको लागि मेरो दोचा पढ्ने रहर पुरा भएन तर बिलीभ मि माइ डियर फकीर राइटर म तिम्रो दोचा छिट्टै पढ्नेछु।

मैले तिमी भनेर सम्बोधन गरेको मे बि तिमीलाइ मन नपर्न सक्छ तर डियर राइटर म मेरा प्रिय मान्छेहरुलाइ तिमी भनेरै सम्बोधन गर्छु। तर जाहाँ सम्म मैले तिमीलाइ बुझेको छु यु डन्ट केयर दिस सम्बोधन बुलसिट।

म आजभोलि एकदम अन्योल मा छु, अन्योल इज अल अराउन्ड मि डियर नगरकोटी। तिम्रो फिगँर्स कविता मा तिम्ले छाडेका औलाहरु जस्तै मैले मेरो मन त्यतै कतै मेरो देश तिरै छोडेर म विदेश आएको छु। लेक मा माउन्टेन्स मा, मैले हिडेका बाटाहरुमा, उकाली र ओरालिहरुमा एन्ड सो अन…..!

बुक हिल ले दोचा लोकार्पण को निम्तोका लागि बनाएको कार्ड मा तिम्रा शब्द हरु देखें….पढें

 

“म सधैं यस्तो काँहा थिएँ र! म त तीर्थयात्रामा हिडेको एक फकीर थिएँ ! आवारा थिएँ ! माइग्रेटिङ चराझै एक बन्जारा थिएँ ! मलाइ कतै पुग्नु थियो सायद ! तर, अल्मलिएँ, म घर र घाटहरुमा ! पाप र पुण्यहरुमा ! जन्म र मृत्युहरुमा! काँहा पुग्नु थियो, काहाँ बिलाएँ म!

 

प्रिय नगरकोटी, हुन त तिमी फिक्सन डिजाइनर भन्न रुचाउछौ आफुलाइ तर तिम्रा फिक्सनमा पनि म रियालिटी स्मेल गर्छु। र मलाइ त्यो स्मेल अझै धेरै आउनु पर्छ भन्ने लाग्छ।

यथार्थ मलाइ भन्दा तिमीलाइ धेरै थाहा छ डियर राइटर । व्रेभ गोर्खालिज आर स्वेटिङ दिएर ब्लड इन मरभूमि, पासपोर्ट र्फेर्न लाइन लागिरहेछन अमेरिका, युरोप र अष्ट्रेलियामा र लाइन लामो छ। म अल्मलीएको छु। म अन्योलमा छु। म जस्ट अनदर सिप इन दि हर्ड हुन्छु कि भन्ने डर छ मलाइ। आइ एम लस्ट एन्ड अफ्रेड माइ डियर राइटर।

 

तिमी जस्तै मलाइ पनि घाट मनपर्छ र जान्छु कहिले काँहि ग्रेभयार्ड। घाट जस्तो रोमान्चक छेन ग्रेभयार्ड तर पनि जब जब म ग्रेभयार्ड जान्छु मलाइ Dave Matthews Band को गित याद आउछ।

Gravedigger

When you dig my grave

Could you make it shallow

So that I can feel the rain

Gravedigger

र मलाइ पनि

म मरेपछी

हरियो बाँसमा बाँधेर

घाट लगियोस

जलाउने बेला

घाट मा चिलाउने को मुढामाथि नै

जलाइयोस र खरानि बनाएर नदि मा बगाइयोस

बिकज आइ लाइक फ्लोइङ इन रिभर

टाइप को गित लेख्न मन लाग्छ।

 

प्रिय लेखक दोचा को लागि शुभकामना ! किप अन राइटिङ्!

एन्ड डियर रिडर्स आइ एम रियल्लि सरि अबाउट माइ पुवर व्याकरण!

Redstar August

 

 

August 7

पैताला फ्लेवर!

एउटा समय थियो जतिबेला १ रुपैंया का दुइवटा ल्याक्टो मिठाइ पाइन्थ्यो। मिठाइ त मिठो भइहाल्ने भयो तर ल्याक्टो सँग जोडिएको अर्को रमाइलो कुरा के थियो भन्दा त्यसको खोल तन्काएर एक हात लामो बनाउन सक्यो भने अर्को ल्याक्टो फ्रि मा पाइन्छ भन्ने हल्ला थियो। ल्याक्टो को खोल तन्काएर फ्रिमा ल्याक्टो खाने प्रयास धेरै पटक गरियो तर कहिल्यै सफल भैएन।
भर्खरै पैताला पढेर सकेँ। पढिसकेपछि मलाइ लाग्यो जसरि हामि सानोमा ल्याक्टो को खोल तन्काउँदा त्यो खोल केहि तन्के पछि बिचमा प्वाल पर्थ्यो वा च्यातिन्थ्यो त्यसरी नै लेखक ले कथा लाइ जबरजस्ती तन्काए जस्तो लाग्यो। लेखक ले कथामा प्वाल नपरोस वा नच्यातिओस भनेर सक्दो कोसिस त गरेका छन तर मेरो बिचारमा त्यो सफल भने भएको छैन।

अर्को कुरा यो ल्याक्टो चलन चल्तीको ल्याक्टो भन्दा फरक हो तान्त्रिक ल्याक्टो हो भनेर बजारमा सुनियो। नयाँ भनेपछि केहि त पक्कै छ भनेर उत्सुक भैयो र खाने रहर पनि जाग्यो। तर खाएपछि भने तान्त्रिक शब्द लाइ अन्याय पो भएको हो कि जस्तो लाग्यो वा भनौ तान्त्रिक विदान भनेको यस्तै हो र? जस्तो प्रश्न उठ्यो मनमा । त्यस्तै स्वाद भएको चकलेट त पहिल्यै नगरकोटी ले खुवाएकै हुन नि जस्तो लाग्यो नगरकोटीएन फ्लेवर मा त ठिकै लागेको हो तर पौडेल फ्लेवरमा त्यो त्यति मिठो लागेन।
र अन्त्यमा पौडेल फ्लेवर ट्राइ गर्नुस भन्छु के थाहा त्यो तपाँइको फ्लेवर पो हो कि!

May 20

के यो माया हो?

घडिमा रातिको १२ बज्नै लागेको थियो।सेकन्ड सुइ सधै झै हतार हतार गर्दै थियो, खै कति बजाउन हतार छ त्यसलाइ मलाइ थाहा छैन। जति दौडे पनि घुम्ने त त्यहि घडि भित्रै न हो तर पनि सेकन्ड सुइ अल्लि बढि नै हतार गर्छ। आखिर ब्याट्रि सकिएको दिन सबै सुइ सँगै रोकिने हो। नियम त त्यहि हो। चाहे घडि होस् या जिन्दगी।

असाइनमेन्ट को डेडलाइन छ आज जुन १२ बजे पछि सकिन्छ। मेल चेक गर्छु । लेक्चरर ले रिप्लाइ गरेको रैछ २ दिन एक्सटेन्सन दिएछ। र म यो लेख्न थाले। जय होस लेक्चरर को।

आजभोली म पनि सेकन्ड सुइ जस्तो भाको छु। थाहा छ पुग्नु काँहि छैन तर पनि घुमिरहेछु….दौडिरहेछु……दौडिरहेछु। मेरो आफ्नै मनले एकछिन पख सचिन भन्छ तर पनि नसुने झै दौडिरहेछ सचिन! यो सेकेन्ड सुइ दौडले काँही पुर्याउदैन थाहा छ तर पनि दौडिनु को बिकल्प छैन अहिलेका लागि।

कसैलाइ पर्खिरहेछु म। उ मुस्कुराउदै आउछे।म हतार हतार हिड्छु। उ मेरो हात समाएर भन्छे  “कति दौडिएको? विस्तारै हिँड म सँगै हिँड”।बाटोमा उ गुन गुनाउछे मलाइ मनपर्ने गित र म सुनाउछु उसलाइ हिजो राति लेखेको पुरा हुन बाँकि मेरो आधा कविता।

सिमसिम पानि पर्छ। म कहिलयै छाता बोक्दिन । उसको झोलामा छाता कहिल्यै छुट्दैन। तर म सगै हुँदा उसलाइ पनि रुझ्न मन पर्छ। उसले छाता झोलाबाट निकाल्दिन। सिमसिमे पानि, चिसो बतास तर न्यानो यात्रा।

बाटोमा रोकिन्छे उ। मलाइ एकछिन यँही बस है भन्दै जान्छे बाटो छेउको कफि सप। फर्केर आँउदा लिएर आँउछे एउटा कफि। म सोध्छु मेरा लागि खै त? उ कफि सुरुप्प पार्दै त्यहि कप मलाइ दिन्छे म कपमा उसको माया पिउँछु।

बाँकी कथा पछि भन्छु! 😊

तपाँइ सबैको जय होस!

 

 

 

 

April 13

नयाँ वर्ष २०७४ को शुभकामना! हावा गफ- II

खै कता बाट सुरु गरौ?

सुरुवात अन्त्य बाट गर्न मन लाग्यो २०७३ सालको अन्त्य। यो साल सगैँ तपाँइका / तिम्रा / तेरा सबैका दुखका कारणहरुको पनि अन्त्य हुन भन्ने कामना र सुरुवात सुनौलो होस २०७४ सालको शुभकामना!

समय यथार्थ हो। घडि, क्यालेन्डर, तिथि, मिति यि सब भ्रम हुन्।

के के गरियो अहिले सम्म र गर्न बाँकी के के छ? यो हिसाब किताब गर्न छाडेको धेरै भयो। हिसाब किताब बिनै चलेको छ जिन्दगी आजभोलि…..! भरे कोहि आएछ र हिसाब खोजेछ भने देखाइ दिउँला यि हत्केलाहरु र भनौला यिनै हत्केलाका रेखाहरुमा छ मेरो जिवनको जोड घटाउ। तिमि सक्छौ भने पढ यो हत्केलाका लिपि।

आजभोली यि आँखामा धेरै नयाँ अनुहारहरु ठोकिन्छन। मलाइ तिनिहरुको कथा सुन्न मन लाग्छ र म सोध्छु पनि। समय छैन याँहा पुरै कथा भन्न र सुन्नका लागि त्यसैले होला धेरैले खिस्स हाँसेर एउटा मुस्कानमै 🙂  सकाउछन पुरै जिवन कथा र म बुझे जस्तो गर्छु यस्तो गर्दा मलाइ लाग्छ आजभोली म मुस्कानको भाषा,प्रेमको भाषा बुझ्ने भएछु।

जिवनको यो मोडमा कसैले घृणा सिकाएर गयो र थाहा भयो मलाइ बुझ्नु पर्ने घृणा रहेछ। घृणा बुझेपछि प्रेम छर्लगं हुने रहेछ।

प्रेम यथार्थ हो। नाता, सम्बन्ध, साइनो सब भ्रम हुन्।

जाँदा जाँदै एउटा कुरा भन्छु है?

तिमि र त्यो तिम्रो क्याट आइग्लास को कम्बिनेसनले कसैलाइ मार्न सक्छ बि केयरफुल!

तपाँइको/ तिम्रो/ तेरो सबैको आउने समय सुखद रहोस। २०७४ सालको शुभकामना!

 सबैको जय होस!

March 30

के छ?

बाटोमा धेरै पछी भेट हुँदा होस् ,फेसबुक मा च्याट वा फोन मा कुरा हुँदा धेरै ले सोध्ने पहिलो प्रश्न हो – “के छ?” “के गर्दै छस आजभोली?”
अनी यस्ता प्रश्नहरुको रेडीमेड उत्तर हुन्छ “ठिकै छ!”। तर यथार्थमा सबै कुरा ठीक कहिल्यै भएन जिन्दगीमा!
दिनहरु अली फरक तरिकाले बित्न थालेका छन आजभोली। श्रम र समय बेच्न थालेको छु। कसैको जागिर खाएको छु। जे गर्दै छु त्यसमा खुशी छु कि छैन मलाई पनि थाहा छैन तर दुखी छैन। सबै मेरा आफ्नै रोजाइ हुन। कती रहर का रोजाइ होलान कती बाध्यताका त्यो भिन्न कुरा हो। लाग्छ एक प्रकार को युद्ध पनि हो यो आँफै सँगको।
जिवनमा अगाडि आउने बाटाहरु को प्रस्ट नक्सा त छैन म सँग तर ति गएका दिन जती सजिला पक्कै छैनन मेरो सामान्य बुझाई हो यो आउने दिन हरु को लागि। अगाडि बढ्नु बाहेक अर्को बिकल्प पनि त दिदो रहेनछ जिन्दगी ले।
डर भन्ने कुरा मन बाट बिस्तारै हराउदै गएको अनुभुती गर्न थालेको छु। हरेक कुरा लाई प्रेम गर्न थालेको छु। खुशी आफ्नै वरिपरी देख्छु। गुनासो पटक्कै गर्न मन लाग्दैन। आखिर गुनासो ले बोकेर ल्याउने नै त्यही दु:ख हो भने किन गर्नु गुनासो?
केही सपना हरु छन। सपना सँग जोडीएका आशा हरु छन बस् अहिले को लागि म सँग जे छन यिनै छन। जे छ ठिकै छ। जे हुनेछ ठिकै हुनेछ।