March 6

७९८१ किलोमिटर

किन हरेक साँझ आफ्नै गुँड फर्केन्छन चराहरु? किन सधै रातमा झर्छ यो शित? किन घुमीरहन्छ यो पृथ्वी ?  किन बिर्सिदैन यो घाम ले बिहान उदाउन? किन यति हतार छ मान्छेहरुलाइ? किन लेख्न सकिन मैले तिम्रो लागि एउटा कविता?

हिजो साँझ ओस्कार विजेता फिल्म “The Shape of Water”  हेरें। राम्रो लाग्यो। फिल्म को अन्त्य तिर एउटा रुमी कविता छ, त्यो झनै मन पर्यो।

“When I think of her, of Salma, all that comes to mind is a poem. Made of just a few truthful words Whispered by someone in love, hundreds of years ago… ‘Unable to perceive the shape of You, I find You all around me. Your presence fills my eyes with Your love, it humbles my heart, For You are everywhere.

Anthony Doerr को All the light we cannot see पढ्दै छु। पानी र किताब दुबै कुरा सँधै बोकेर हिंड्छु। हिजो बोतलको बिर्को राम्रोसगँ बन्द नभएको मौका छोपेर किताबले पानि खाएछ र फुलेछ आज घाम ताप्दै छ। किताब को पछाडी को कभर मा एउटा लाइन छ ‘Open your eyes and see what you can with them before they close forever’

किन आफैसगँ डरलाग्छ आजभोली मलाइ? किन सपनामा अन्नपुर्ण, माछापुच्छ्रे र निलगिरि देख्छु म हिजोआज? किन लामो लाग्दै छ यो ७९८१ किलोमिटर?

 

August 19

बिग्रिसकेको म

के मा खोजु म मेरो अर्थ
म बाचीरहनुको यो स्वार्थ
स्‍मृतिमा भेटदिन तेस्लाइ मैले खोजिसके
बिगतमा छैन त्यो मैले भोगिसके।
बनाउन खोज्दा खोज्दा आफुलाई
तिम्रा विचारहरुमा म बिग्रिसके।

बतास भएर डुल्छु
स्वतन्त्र भएर उड्छु
अनी भताभुङ्ग भएर हिड्छु
हो आनन्दको गहिराइमा म थिग्रीसके।
बनाउन खोज्दा खोज्दा आफुलाई
तिम्रो चेतनामा म बिग्रिसके।

हिजो गैसक्यो बिगत बनेर
जे छ आज छ, अहिले छ
बर्तमान मा छ।
तिमि भविष्य देखाउछौ
हुँदै नभएको भोली देखदिन म।
अनुमान गर्न मान्दैनन् यि अक्षरहरु
त्यसैले त प्रिय
प्रेम पत्र तिमिलाइ लेख्दिन म।

Category: poem | LEAVE A COMMENT
October 3

बिम्ब! (उस्ले नपढ्ने कविता)

घामले सवेरै झ्यालवाट चिहाएर

सोधेको थियो एउटा सुनौलो प्रश्न

म कि उ?

मैले तिमिलाइ देखाँए।

हो त्यहि दिन देखि हो

घामले मेरो छाँया कालो बनाएको।

 

फूलले मुस्कुराउदै सोधेको थियो एउटा सुगन्धीत प्रश्न

म कि उ?

मैले भने : उसकै मुस्कान राम्रो!

त्यहि दिन देखि उम्रेका हुन फूलको हागाँमा काँडा

र देखिन थालेको हो बिहान बिहान फूल मा शीतका आँशु!

 

बतासले सुसेल्दै सोधेको थियो मलाइ

म कि उ?

मैले तिम्रो नाम सुसेलिदिए!

त्यहि रात हो हुरिले मेरो घरको छानो उडाएको।

 

जाँउ सँगै दुनिया घुमौला बादलले भन्थ्यो

मैले उसलाइ एक्लै छाडेर जान्न भनें।

त्यसै दिन देखि हो

छोप्न थालेको कालो बादलले आकाश

र पर्न थालेकोहो मुसलधारे पानी।

 

जाँउ सगैँ  भेटाइदिन्छु समुन्द्र

नदि ले भन्थ्यो।

म तिमिलाइ छोडेर बग्दिन भने।

त्यसै दिन देखि हो

पानि ले आफ्नो रगँ लुकाएको।

 

मैले सागर देखेको छैन

तर भन्न सक्छु

तिम्रा आँखाको गहिराइ

सायदै कुनै सागरमा होला।

वर्षौको तपस्या पछि मिल्ने वरदान

तिम्रा सामिप्यतामा हुने आभास हो

तिमि आफैमा एउटा सुन्दर फूल हौ।

तिमि बिम्ब हौ पुरै प्रकृतिको!

July 15

अन्योल

अन्योलमा छु म
छुट्याउन गाह्रो छ
सुरुवात हो कि अन्त्य हो यो
बिहानीको घामले सुरुवात भन्छ
साँझले पुरै विचार फेर्दिन्छ
घामलाई झुटो कसरी भँनु
न जून गलत छ यहाँ
बिहानि को कफीलाई विश्वाश गरु
कि बेलुकाको व्हिस्कीलाई
युद्ध भईरहेछ यहाँ
अन्त्य भनु तथ्य छैन
सुरुवात भन्ने आधार छैन
अरुलाई भए ढाटिदिन्थे
तर कसरी ढाँटु आफुले आँफैलाई
त्यसैले सोधे मैले
मन्दिरमा घन्टी बजाएर
एस ट्रएे मा धुँवा उडाएर
अनी भट्टीमा नशा निलेर
तर सबै बेकार
घन्टीको आवज भएर
चुरोटको धुँवा भएर
अनी रित्तो बोत्तल भएर
बिलिन भए ति उत्तर
तर तेर्सिएको छ प्रश्न
सधैंझै प्रश्नचिन्ह बोकेर
उत्तर को आशा मा….????

Category: poem | LEAVE A COMMENT
May 2

शहर आजभोली!

देउराली को चौतारीमा बसेर हेर्दा
जति झिलिमिली र सुन्दर देखीन्छनि आमा
त्यत्तिनै कूरुप र अन्धकार छ आमा यो शहर।

जमानामा कसैले भनेको थियो रे मन्दिरै मन्दिरको शहर भनेर
तर संधै उस्तै काहाँ हुँदो रहेछ र आमा।
हजारौं गजुर ठड्याएर
लाखौं घन्टी झुन्डयाएर
जती पुजा गरे पनि
अधर्मी र पापी छ आमा यो शहर।

टाढाबाट हेर्दा त कती सम्पन्न देखीनथ्योनि है आमा?
तर याहाँ आएपछी पो थाहा भो।
युगौं देखी भोको र नागों छ आमा यो शहर।

तपाइ मलाइ भन्नुहुनथ्यो नि सबै कुरा हुन्छ त्याहाँ भनेर।
तर सुकिला लुगा लगाएर
जति महगों शिक्षा पढे पनी
सभ्यता र संस्कार बिहीन छ आमा यो शहर।

चारैतिर चाक्ला बाटा
छिर्न जति सजिलो छ नी
निस्कन त्यत्तिनै गार्हो छ आमा
त्यसैले त निकास बिहीन भएर
दिनंहु भास्सीदै छ आमा यो शहर।

Category: poem | LEAVE A COMMENT
March 21

मन पर्ने कुरा!!

किताब हरु सँग यसरी माया बसेको छ कि, डिप लभ भन्छन् नि हो त्यस्तै।

कुनै बेला हात मा परेका सबै किताब एक- दुइ बसाइ मा सकिदिन्थे। त्यो किताब को भोक थियो होला सायद तर अहिले किताब सँग प्रेममा छु अनि भोक र प्रेममा फरक त हुने नै भयो।

अहिले किताब किन्नु अगाडी डर लाग्छ कतै याहि किताब को कारणले मेरो किताब प्रति को माया घटाउँछ कि भनेर।

यो मेरो ब्लग हो। याँहा म मलाइ मन परेको वा मन नपरेको जे लेख्न पनि सक्छु। तँपाइले पढ्नै पर्छ  भन्ने पनि छैन। तर समय र पैसा खर्च गरेर एउटा पाठक ले कितब पढिसकेपछी उसले त्यस बाट केहि आशा गर्नु त पाठक को अधिकार हो।

किताबकै विषयमा दिल निशानी मगर ले www.onlinekhabar.com मा लेखेको राम्रो लेख छ फुर्सद छ र किताब पढ्ने बानी छ भने पढ्नु होला लिन्क याँहा छ।

http://www.onlinekhabar.com/2016/03/403029/

फिल्म् का कुरा।

राती सुत्नु अगाडि फिल्म हेर्नु आजभोली दिन चर्या भएको छ।

कुनै बेला फिल्म मनोरन्जन को लागि मात्रै  हेर्ने मेरा लागि अहिले आएर बिल्कुलै फरक भएका छन् फिल्मका हेर्नुको कारण र परिभाषा।

फिल्म हेरेर सके पछि म केहि नयाँ सकरात्मक कुरा सिक्न सकुँ। मैले सुनेका कथा हरु फिल्ममा हेर्दा जिवन्त लागुन्। मैले नसुनेका कथा र ठाउँ हरु फिल्म मा म हेर्न सकुँ र त्यँही पुगेको महशुस गर्न सँकु । केही मोटिभेसन र इन्सपिरेसन मिलोस। मलाइ लाग्छ यति आश दर्शकले गर्नु पर्छ यदि राम्रो सिनेमा हेर्ने हो भने। हालै मात्र हेरेको एउटा डकुमेन्ट्री छ “ Racing Extinction” मिल्छ भने एक पटक हेर्ने सुझाव दिन्छु। र त्यहिँ बाट एउटा मन परेको  लाइन छ। “The whole world is singing, but we’ve stopped listening.”

अब अलिकती गित को कुरा।

धेरै वर्ष सम्म तँलाइ मन पर्ने गित कुन हो भनेर सोध्दा म सँग उत्तर थिएन जब “ फुल को आँखा मा फुलै संसार” आयो मैले मेरो उत्तर भेटें त्यस पछि “full circle” का गित थपिए र हाल आएर अर्को एउटा नाम थपिएको छ “ बिम्बआकाश ” Bartika Eam Rai का यि गित हरु साँचैं राम्रा छन्। युट्युब लिन्क तल छ सुन्नुहोला!

https://www.youtube.com/user/Thenamastegirl48

जाँदा जादै,

आज विश्व कविता दिवस रहेछ। मैले लेखेका यि कुरा लाइ कविता भन्न मिल्छ मिल्दैन मलाइ थाहा छैन तर एउटा यस्तो छ।

प्रयाश

हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयाशहरु
बाफ बनेर हराउछन्
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।

तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँही कतै
घरको पालीमा,
बगैचामा,
फूल र पातमा।

म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङ्ग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उध्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।

अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुद्धमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।

January 6

गुन्द्रुक जिन्दगी!

मान्छे नामको सागलाइ
गरीबीले थिचोमिचो पारेर।
बाध्यताको पोको भित्र
स्वतन्त्रताको हावा नछिर्ने गरेर।
यो अंध्यारो समाजको गहिराइमा
बर्षौंदेखी पिल्साएर निकालेपछी ।
शोशण नामको घाममा
पसीना पुरै सुकाएपछी।
बनेको
अमिलो भोगाइ हो मेरो जिन्दगी!
मेरो गुन्द्रुक जिन्दगी!

Category: poem | LEAVE A COMMENT
January 5

प्रयास!

हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयासहरु
बाफ बनेर ह्रराउछन
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।

तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँहि कतै
घरको पालीमा,
बगैँचामा,
फूल र पातमा।

म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङँग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उद्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।

अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुधमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।

Category: poem | LEAVE A COMMENT