मन पर्ने कुरा!!

किताब हरु सँग यसरी माया बसेको छ कि, डिप लभ भन्छन् नि हो त्यस्तै।
कुनै बेला हात मा परेका सबै किताब एक- दुइ बसाइ मा सकिदिन्थे। त्यो किताब को भोक थियो होला सायद तर अहिले किताब सँग प्रेममा छु अनि भोक र प्रेममा फरक त हुने नै भयो।
अहिले किताब किन्नु अगाडी डर लाग्छ कतै याहि किताब को कारणले मेरो किताब प्रति को माया घटाउँछ कि भनेर।
यो मेरो ब्लग हो। याँहा म मलाइ मन परेको वा मन नपरेको जे लेख्न पनि सक्छु। तँपाइले पढ्नै पर्छ भन्ने पनि छैन। तर समय र पैसा खर्च गरेर एउटा पाठक ले कितब पढिसकेपछी उसले त्यस बाट केहि आशा गर्नु त पाठक को अधिकार हो।
किताबकै विषयमा दिल निशानी मगर ले www.onlinekhabar.com मा लेखेको राम्रो लेख छ फुर्सद छ र किताब पढ्ने बानी छ भने पढ्नु होला लिन्क याँहा छ।
http://www.onlinekhabar.com/2016/03/403029/
फिल्म् का कुरा।
राती सुत्नु अगाडि फिल्म हेर्नु आजभोली दिन चर्या भएको छ।
कुनै बेला फिल्म मनोरन्जन को लागि मात्रै हेर्ने मेरा लागि अहिले आएर बिल्कुलै फरक भएका छन् फिल्मका हेर्नुको कारण र परिभाषा।
फिल्म हेरेर सके पछि म केहि नयाँ सकरात्मक कुरा सिक्न सकुँ। मैले सुनेका कथा हरु फिल्ममा हेर्दा जिवन्त लागुन्। मैले नसुनेका कथा र ठाउँ हरु फिल्म मा म हेर्न सकुँ र त्यँही पुगेको महशुस गर्न सँकु । केही मोटिभेसन र इन्सपिरेसन मिलोस। मलाइ लाग्छ यति आश दर्शकले गर्नु पर्छ यदि राम्रो सिनेमा हेर्ने हो भने। हालै मात्र हेरेको एउटा डकुमेन्ट्री छ “ Racing Extinction” मिल्छ भने एक पटक हेर्ने सुझाव दिन्छु। र त्यहिँ बाट एउटा मन परेको लाइन छ। “The whole world is singing, but we’ve stopped listening.”
अब अलिकती गित को कुरा।
धेरै वर्ष सम्म तँलाइ मन पर्ने गित कुन हो भनेर सोध्दा म सँग उत्तर थिएन जब “ फुल को आँखा मा फुलै संसार” आयो मैले मेरो उत्तर भेटें त्यस पछि “full circle” का गित थपिए र हाल आएर अर्को एउटा नाम थपिएको छ “ बिम्बआकाश ” Bartika Eam Rai का यि गित हरु साँचैं राम्रा छन्। युट्युब लिन्क तल छ सुन्नुहोला!
https://www.youtube.com/user/Thenamastegirl48
जाँदा जादै,
आज विश्व कविता दिवस रहेछ। मैले लेखेका यि कुरा लाइ कविता भन्न मिल्छ मिल्दैन मलाइ थाहा छैन तर एउटा यस्तो छ।
प्रयाश
हरेक दिन घामको न्यानो सँगै
बिलाउने सीतको थोपा जस्तै
मेरा प्रयाशहरु
बाफ बनेर हराउछन्
आकाश मा कतै
उड्छन ति हावाको झोका सँगै
अनी ठोकिन्छन ति अग्ला पहाड र हिमाल सँग।
तर पनि म थाकेको छैन
अन्धकार रात मा
फेरी झर्छु म
त्यँही कतै
घरको पालीमा,
बगैचामा,
फूल र पातमा।
म फेरी झरेकोमा गुनासो गर्छ त्यो धुलो
जो दिनभर फुरुङ्ग भएर उडेको थियो।
गुनासो गर्छन् ति मनहरु
जस्को कपडा उध्रेको थियो।
अनी गुनासो गर्छन् ति जल्नेहरु
जो मेरै कारण बल्नु परेको थियो।
अर्को बिहानी सँगै
फेरी घाम उदाँउछ मेरा विरुद्धमा
तर पनि म खुशी छु
घामको सुनौलो चम्काइमा।
त्यो ट्ल्काइमा।
हावासँगको त्यो उडानमा
सुनसान रातको त्यो प्रतिक्षामा
फेरी झर्ने आशमा
त्यही कतै फूल अनी पातमा।
Wow sir,the poem is great.ek dum man paryo ani prayas ramro 6.i m enjoying reading 🙂 🙂 🙂
Thank You!