अल्छीका चिप्लीएका कुरा!!

हो म चीप्लीएको हो! लडेको हो! गुल्टीएकै हो! नराम्रोसँग पछ्छारीएकै हो!
अरु कसैले धकेलेको पनि होइन। आफ्नै जुत्ता को तुना टेकेर, जुत्ता चिप्लीएर लडेको हो।
यसो भन्दा त जुत्तालाइ गाली गरेझै भयो! बिचरा थोत्रा जुत्तालाइ पनि दोष नदिउँ।
म आफै हिड्न नजानेर लडेको हो। मुख्य कारण त म आफ्नै दिमाग को जोगी नभइ अर्काको दिमाग को राजा बन्न खोज्दा पल्टेको हो।
लडेको यो पहिलो पटक भने होइन। पहिला पनि लडेकै हो ! यो पाली खुट्टा मर्किने गरेर चिप्लीयो हेरौं कहिले सम्म निको हुन्छ।
जाडो लगभग सकयो । गर्मि पनि छैन। लामखुट्टे हरु पनि वार्मअप गर्दै होलान फिल्ड मा देखिदैनन्। यो समयमा त पल्टे पछि निन्द्रा लाग्नु पर्ने हो नि! के गर्ने लाग्दैन।
निन्द्रा लागेन भनेर सधैं कति त्यहि कफी लाइ दोष दिनु । यो पाली को दोष फ्रस्ट्रेसन लाइ ! यो फ्रसट्रेसन ले फ्रसटु बनाइ सक्यो यार! अरुबेला रात भर भुक्ने कुकुर साँझ तिरै निदाँउछन कि के हो खै भुकदैनन्। स्कुल को पाले दाइले राती को बाह्र बजे बाह्र पटक बजाएको घण्टी मेरै लागि अब त सुत भनेर बजाएझै लाग्छ।
आँखा खोलेर देखेका सपनाहरु पुरा नभए पछी सपना देख्नैका लागी आँखा चिम्लिन पनि मन नलाग्ने रहेछ। जब सपनाहरु आफ्ना नितान्त व्यत्तिगत हदैनन् अरुका सपना सँग पनि जोडिन्छन् सपनाहरुको आकार बढ्दो रहेछ, ठुला हुने रहेछन् र ति टुक्रिदा,भत्कीदा आवाज पनि चर्को आउने रहेछ। लामो समय सम्म गुन्जीने रहेछन् । गुन्जिरहेछन्!! हजार सपनाहरु को माया लागेर आँउछ!!
जे होस बिहान चाँहि साढे सात नबजी उठिदैन 🙂 !!
Ramro 6 sir,tito satya, lagbag sabaisanga mal khane,hajurko aafnai jivan sanga ni mal khayara lekhnu hun6 ki yetikai rachana matra ho? Dherai lamo samaya pachi haju ko rachana padhe feeling fresh.
कसैको जिवन सँग मेल खाएमा संयोग मात्र हुनेछ! मेरो जिवन सँग अलि अलि !!