May
2
शहर आजभोली!

देउराली को चौतारीमा बसेर हेर्दा
जति झिलिमिली र सुन्दर देखीन्छनि आमा
त्यत्तिनै कूरुप र अन्धकार छ आमा यो शहर।
जमानामा कसैले भनेको थियो रे मन्दिरै मन्दिरको शहर भनेर
तर संधै उस्तै काहाँ हुँदो रहेछ र आमा।
हजारौं गजुर ठड्याएर
लाखौं घन्टी झुन्डयाएर
जती पुजा गरे पनि
अधर्मी र पापी छ आमा यो शहर।
टाढाबाट हेर्दा त कती सम्पन्न देखीनथ्योनि है आमा?
तर याहाँ आएपछी पो थाहा भो।
युगौं देखी भोको र नागों छ आमा यो शहर।
तपाइ मलाइ भन्नुहुनथ्यो नि सबै कुरा हुन्छ त्याहाँ भनेर।
तर सुकिला लुगा लगाएर
जति महगों शिक्षा पढे पनी
सभ्यता र संस्कार बिहीन छ आमा यो शहर।
चारैतिर चाक्ला बाटा
छिर्न जति सजिलो छ नी
निस्कन त्यत्तिनै गार्हो छ आमा
त्यसैले त निकास बिहीन भएर
दिनंहु भास्सीदै छ आमा यो शहर।